दुई वडाबीच भगिनी सम्बन्ध

रासस
फागुन २७, २०७५
su gan

दमौली, २७ फागुन । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–४ र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बीच भगिनी सम्बन्ध कायम भएको छ ।

आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि दुई वडाबीच भगिनी सम्बन्ध कायम भएको हो । भगिनी सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा सोमवार घरपझोङ गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद थकाली र शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले हस्ताक्षर गरे ।

दुई वडाबीच नियमित सम्पर्क राखी अवलोकन तथा अन्तक्र्रिया कार्यक्रम गर्ने, एकअर्काको भौतिक तथा संस्थागत विकासका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ । वडाध्यक्ष थकालीले पहिलोपटक दुई वडाबीच भगिनी सम्बन्ध कायम गर्न पाएकामा खुशी व्यक्त गर्दै सम्झौतापत्रमा उल्लेख भएका बुँदा कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्ने बताए ।

घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले दुवै स्थानीय तह भौगोलिक तथा प्राकृतिकरुपमा अनुपम रहेको चर्चा गरे । गत असोजको अन्तिम साता शुक्लागण्डकी नगरपालिका–८ र १० ले आयोजना गरेको टोल विकास संस्थाका प्रतिनिधिसहितको मुस्ताङ अवलोकन भ्रमणका अवसरमा वडाले भगिनी सम्बन्धको प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावलाई कार्यपालिकाको बैठकले भगिनी सम्बन्ध कायम गर्ने निर्णय गरेको थियो । घरपझोङको टोलीले यस क्षेत्रकै प्रसिद्ध ढोरबाराही मन्दिर, मुक्तिनाथ च्यवनधामको अवलोकन गरेको थियो । साविकको मार्फा, टुकुचेको दुई वटा वडा र जोमसोम गाविसलाई समेटर सो गाउँपालिका निर्माण गरिएको छ । प्रसिद्ध मुक्तिनाथ मन्दिर सोही गाउँपालिकामा अवस्थित छ ।

Related News

सम्बन्धित समाचार

hero news full width