जनयुद्वको नक्कल गरेर नयाँ व्यवस्था ल्याउन सकिदैन— प्रचण्ड

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७५
og-prachanda-7201


पोखरा, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको नक्कल गरेर नयाँ ब्यवस्था ल्याउन नसकिने बताएका छन् ।

प्रेस संगठन नेपालद्धारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाटमा वोल्दै अध्यक्ष प्रचण्डले भने— विप्लव समूहले गरेको क्रियाकलाप जनयुद्धको नक्कल हो, त्यस्तो क्रियाकलापले गन्तब्यमा पुग्न सकिदैन ।

मैले त वहाँलाई राम्रोसँग चिन्छु । मैले नै स्कुलिङ गरेको मान्छे हो । पार्टीको सचिवको रुपमा रहेर मसँगै काम गरेको पनि हो, नेत्रविक्रम चन्द विप्लवलाई सुझाव दिँदै उनले भने–वहाँहरुले मैले अथवा पार्टीले ५२ सालमा गरेको कुरालाई नक्कल गर्न खोज्नु अहिलेको अवस्थामा सफल भइदैन, उनले भने – त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा ब्यापक फेरवदल आईसकेको छ । अव राष्ट्रिय राजनीतिमा आउनुको विकल्प छैन् ।

फेरि प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ । त्यो इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलाई अगाडी ल्याउने गर्छ । विप्लव समूह अव वार्ताको माध्यमवाट शान्तिपूर्ण बाटोवाट मूलधारको राजनीतिक बाटोमा आउनुको विकल्प छैन । जनयुद्वको नक्कल गर्छु भनेर अगाडि बढ्न खोजे त्यो पार लाग्न नसक्ने र उनीहरुको ध्वम्सात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कदम चाल्ने नै छ ।

पछिल्लो समय जनयुद्धको बेला माओवादीले प्रयोग गर्ने बाटोबाट हतियार ल्याएर देशमा पड्काउने गरेको समाचार आएपछि प्रचण्डले त्यस्तो सुझाव दिएका हुन् । गलत बाटोमा हिडिरहे राज्य चुप लागेर नबस्ने चेतावनी पनि प्रचण्डले दिए ।
सरकारले पृथकताबादतिर गएकालाई पनि बार्ताको माध्यमबाट समस्या समाधान गर्न पहल गरेको छ । विप्लव समूह पनि बार्ता र छलफलबाट मुल राजनीतिमा आउनुपर्छ, ।

नेकपा अध्यक्ष प्रचण्डले सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावना अनुसार नै रहेको भन्दै कुनै शंका नगर्न आग्रह गरे । बाहिर आएको होहल्लाजस्तो सम्झौता नभएको भन्दै उनले सम्झौता अनुसार नचले सरकारले एक्सन लिने उनी बताउँछन् ।

उनले केही दिनभित्रै पार्टी एकीकरण पूरा हुने बताएका छन् । पार्टीको एकीकरणका लागि मिडियामा आएजस्तो कुनै विवाद छैन ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री रवीन्द्र अधिकारीको बारेमा वोल्दै उपनिर्वाचनमा उनकै पत्नी विद्या अधिकारी सक्षम भएकाले उनलाई नै उम्मेदवार वनाउन पनि सकिने भनाई उनको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width