इथियोपियन जहाज दुर्घटनामा गोरखाकी एकता अधिकारीकाे मृत्यु

एजेन्सी
फागुन २७, २०७५
1552208433Ethiopian_2-984×554

काठमाण्डौ, २७ फागुन । इथियोपियन विमान दुर्घटनामा मृत्यु हुने नेपालीको ठेगना खुलेको छ। ।

आइतवार भएको दुर्घटनामा मुत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी रहेकी खुल्न आएको छ । इथियोपियाको अदीस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानदमार्फत नैरोबी जादै थिइन्।

डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी उक्त दुर्घटनामा परेको पुष्टि गरेका छन्। दुर्घटनाग्रस्त उक्त विमानमा एक नेपाली पनि सवार रहेको विमान कम्पनीले यसअघि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो ।

इथियोपियाको राजधानी अदिस अबाबा बाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको थियो। दुर्घटनामा परि चालक दलका ८ जना सदस्य र १ सय ४९ जना यात्रु गरी १ सय ५७ जनाको मृत्यु भएको थियो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width