धादिङबाट एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ

रासस
फागुन २६, २०७५
police-office-dhading

पोखरा, २६ फागुन । काठमाडौंबाट विरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट ठूलो परिमाणमा चरेस बरामद भएको हो।

बसमा लुकाइ राखेको अबस्थामा एक सय पाँच किलो चरेससहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलका अनुसार पक्राउ पर्नेमा बस चालक विरगञ्ज–८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका–७ का अनिल चौधरी र बाराकै बिन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width