साफ महिला च्याम्पियनसिपमा २० सदस्यीय नेपाली टोलीको घोषणा

नारायण शाही
फागुन २३, २०७५
Nepal-Womens-National-Team–e1551951832182

पोखरा, २३ फागुन । फागुनको अन्तिम साता विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक हरि खड्काले विहिबार महिला साफ च्याम्पियनसिपको २० सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, डिफेन्डरमा हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बुले छन् । मिडफिल्डरमा अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटे, अनिता केसी छन् । त्यस्तै, फरवार्डमा रेखा पौडेल, निरु थापा (कप्तान) सावित्रा भण्डारी छन् ।

मुख्य प्रशिक्षक खड्काले घोषणा गरेको टोलीमा यसअघिको नेपाली राष्ट्रिय महिला टोलीकी नियमित कप्तान अनु लामा परेकी छैनन् । अन्तिम टोलीमा अनुको अनुपस्थितिमा निरु थापाले कप्तानी सम्हाल्ने भएकी छन् । अनुसँगै मिडफिल्डर विमला चौधरी र डिफेन्डर सुनिता चौधरी टोलीमा पर्न सकेनन् । फागुन २८ देखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपालको समूहमा भुटान र बंगलादेश रहेका छन् । अनु एपीएफबाट खेल्दै आएकी छिन् भने सुनिता र विमला आर्मीका खेलाडी हुन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width