चिप्लेढुङ्गा, २३ फागुन । लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् , दिदी अङ्गुर लानुहुन्छ ? बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । कति हो अङ्गुर ? किलोको १५० हो, १४० मा लानुस् । ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन् । तर व्यापारी महिलाले चिनियाँ हाते काँटा देखाउँदै भनिन—ल हेर्नुस् पुगेको छ । व्यापारीले पुगेको छ भन्दै ढिपी गरेपछि ग्राहक महिला बाटोछेउ पसलमा रहेको डिजिटल तराजुमा लगेर जोखिन् । अङ्गुर जम्मा ८५० ग्राम मात्र भयो ।
दिदी अङ्गुर एक किलो पुगेको छैन । पु¥याएर दिएको किन नपुग्ने ? उल्टै प्रश्न व्यापारी दिदीको । ग्राहक महिला भन्दै थिइन्, सस्तो दिएको नाममा यसरी ठग्न त भएन, बरु मूल्य जति हो त्यति लिनुस्, यसरी ठगेर व्यापार नगर्नुस्, व्यापारी महिलाले भनिन् बाटोमा बसेर सस्तोमा दिनुछ । किचकिच गर्छन किलो खोज्नेले पैसा पनि बढी दिनु नि ।
महेन्द्रपुल सडकपेटीमा फलफूल बेच्नेसँग पनि ग्राहकको उही गुनासो थियो, किलो पूरा गरेर दिनुस् है । यो काँटामा सयडेढसय ग्राम पुग्दैन । छेऊमै तरकारी बेच्ने व्यापारी महिलाले भनिन “यो सानो चाइनिज काँटामा जोखेर फलफूल किन्नेहरूको सधैँ गुनासो हुन्छ । आफूहरूले डिजिटल तराजुबाट तरकारी बेच्ने गरेकाले ग्राहकको जोखाइमा गुनासो हुँदैन ।”
पोखराका विभिन्न प्रमुख चोक एवं गल्लीका सडकपेटीमा डोको र क्रेटमा फलफूल बेच्नेहरूले ग्राहकलाई सस्तोको प्रलोभनमा पारेर किलोमा ठग्नु आजकाल सामान्य विषय भइरहेको छ ।
खुलमखुला काँटामा ठग्नेलाई कहीँकतैबाट कारवाही नहुँदा उनीहरूको मनोबल झनै बढेको देखिन्छ । कोही ग्राहकले बोलीहाले व्यापारी नै एकजुट भएर जाइलाग्ने गरेको स्थानीय किराना पसल व्यवसायी गङ्गा सुनार बताउछन—चोकमा धेरै फलफूल व्यवसायी छन् । नगर प्रहरीले हटाउने हुँदा लुकीछिपी व्यापार गर्नुपर्ने सास्ती पनि छ । फेरि प्रहरी प्रशासनको आँखा छलीछली ग्राहकलाई ठग्न पनि खप्पिस छन् । सचेत ग्राहक किलो नपुगेको भन्दै फलफूलको झोलै फालेर झगडा गरेर हिँड्ने गरेको थुप्रै दृश्य आफूले देखेको सुनारले बताए ।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला नियमन निकायको लाचारीका कारण उपभोक्ता विभिन्न माध्यमबाट ठगिन पुगेको बताउछन् । सस्तो र महँगोको कुरा होइन, जति मूल्य भनेर उपभोक्ता किन्न तयार भएका छन् त्यति मूल्यमा किलो पु¥याएर दिनुपर्छ । सचेत उपभोक्ताले यसविरुद्ध उजुरी दिने हो भने कारवाही हुने कोइरालाले भने ।
कास्कीमा झण्डै ४० हजार हाराहारीका व्यवसायी छन्, तर जम्माजम्मी २०÷२२ हजारले मात्रै व्यवसाय दर्ता गरेका छन् । दर्ता नगरेका व्यापारीको नापतौलको जाँच कहीँ कतैबाट हुँदैन, अनि ठग्ने व्यवसाय फस्टाइरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामी डोकोमा फलफूल बेच्नेप्रति सहानुभुति राख्छाँै, तर उनीहरूले कानून नै हातमा लिएर मनपरी गर्छन् । यसले नराम्रो अभ्यासको विकास हुन्छ । सचेत उपभोक्ताले नापतौल र मूल्यप्रति चनाखो भएर आवाज उठाउनुपर्ने कोइरालाले बताए ।
Related News
सम्बन्धित समाचार
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१