मनपरी शुल्क असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीले उजुरी गरेपछि गण्डकी मेडिकल कलेजका सञ्चालक तथा कर्मचारीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थीले दिएको उजुरीका आधारमा जिल्ला अदालतले १० जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएको हो ।
कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासनतर्फका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, कर्मचारी लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए।
पक्राउको पुर्जी काटिएकामध्ये पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। उनीहरु विरुद्ध कलेजको एमबीबीएस अध्ययनरत ३ विद्यार्थीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए भने बुधबार नर्सिङ तर्फका १५ जना विद्यार्थीले पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको उजुरी दर्ता गराएका छन् । मनपरी शुल्क असुलीविरुद्ध करिब एक महिनादेखि आन्दोलनरत विद्यार्थीहरुले आफ्नो माग पूरा नभएपछि कानूनी बाटो खोजेका हुन् ।
सरकारले काठमाडौंबाहिरका लागि ४२ लाख ४५ हजार र भित्रका लागि ३८ लाख ५० हजार शुल्क तोकेपनि गण्डकी मेडिकल कलेजले विना रसिद १० देखि १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको विद्यार्थीको आरोप छ । विद्यार्थीको आरोपलाई नेपाल मेडिकल काउन्सिलबाट गएको अध्यायन टोलीले समेत पुष्टि गरिसकेको छ ।
माघ तेस्रो सातादेखि आन्दोलतरत विद्यार्थी धर्नासँगै अस्पतालमा तालाबन्दीसमेत गरिसके पनि सञ्चालकले सुनुवाई गरेका थिएनन् । विद्यार्थीले दिएको उजुरीमा कलेज प्रशासनले विभिन्न धम्की दिएर अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको र विद्यार्थीपिच्छे फरक शुल्क असुलेको आरोप लगाएका छन् ।
आफ्नो मागप्रति सुनुवाई नगरेको भन्दै सन् २०१५ ब्याचका ८३ र ०१४ ब्याचको पुरक परीक्षामा सहभागी हुनुपर्ने ३ गरी ८६ विद्यार्थीले अघिल्लो आइतबारदेखि सुरु भएको एमवीवीएस तेश्रो वर्षको परीक्षासमेत दिएका छैनन् । विद्यार्थीका जायज मागप्रति नजरअन्दाज गरेका कारण कानुनी बाटो रोज्न बाध्य भएको विद्यार्थी रवीना मिश्र बताउँछिन् ।
नियमअनुसार नै रकम लिएको भन्दै कलेज प्रशासन लिएको शुल्क फिर्ता गर्न मानेको छैन । अध्यक्ष खुमा अर्यालले कलेजले नियम विपरित शुल्क नलिएको दावी गर्दै गल्ती गरेको भए कारबाही भोग्न तयार रहेको बताएका थिए । पक्राउ पुर्जी जारी गरेपछि उनको फोन पनि स्वीच अफ गरिएको छ । कलेजभित्र चरम भ्रष्टाचार भएको भन्दै उनीहरुले सरोकारवालाको समेत ध्यानाकर्षण गराएका छन् ।
Related News
सम्बन्धित समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१