निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री

रासस
फागुन २२, २०७५
1551851057347_Sidharaj Bhatta_Dhangadhi_RSS_3 (1)

u[xdGqL /fdaxfb’/ yfkf …afbnÚ a’wjf/ laxfg wgu9Ldf kqsf/x?;Fu s’/fsfgL ug'{x’Fb} . t:jL/M l;4/fh e§, wgu9L, /f;;

धनगढी, २२ फागुन । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधवार धनगढीका पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने —छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ । घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए ।

एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उहाँले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै गृहमन्त्रीले केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ । उनले भने —यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौँ । सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री थापा बुधवार धनगढी पुगेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै