कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

रासस
फागुन २२, २०७५
Paragliding51-990×490


पोखरा, २२ पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि बुधबारदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत रुपमा नै सञ्चालन रहने भएको छ ।

उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान बुधवारदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ (नेफा)बीच भएको छलफलपश्चात्को सहमतिका आधारमा व्यवसायी कर तिर्न सहमत भएका हुन् ।

महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापाका अनुसार समहतिसँगै आगामी एक हप्ताभित्र प्रत्येक कम्पनीले ८६ हजारका दरले कर तिर्ने भएका छन् । सहमतिअनुरुप, एक हप्ताभित्र उक्त शुल्क नतिर्ने कम्पनीलाई उडान गर्न नदिइने उनले जानकारी दिए । पोखरामा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले उडान गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width