आँधीका कारण अमेरिकामा उद्वारकार्य कठिनाइ

रासस
फागुन २२, २०७५
1200px-Tug_and_Boat_at_Bridge

अलाबामा, अमेरिका, २१ फागुन । अमेरिकाको अलाबामा राज्यमा आएको शक्तिशाली आँधीको कारण भएको भौतिक सम्पत्ति एवम् मानवीय क्षतिको उद्वारकार्यमा कठिनाई भएको छ ।

धेरै क्षेत्रलाई ओगटेको यस क्षतिको उद्वारकार्यमा कठिनाई आएको अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
उद्धारकार्यमा कठिनाइ आएको हुनाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । उक्त आँधीले क्षति पु¥याउदा पछिल्लो विवरण अनुसार २३ जनाको मृत्यु भइसकेको छ ।

जर्जिया राज्यको सीमामा पर्ने यस राज्यमा आएको सो आँधीले इटा र रोडाका टुक्रा उडाएको र रुख ढलेका कारण बढी क्षति भएको प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरी अधिकारीकाअनुसार यस प्रकोपमा ज्यान गुमाउनेमा बालबालिका पनि छन् ।आँधीबाट अति प्रभावित क्षेत्रमा गत आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको पनि बताइएको छ । त्यसैगरी सोमबार पनि व्यापक खोज तथा उद्वारकार्य गरिएको उनले जानकारी दिए ।

आँधीबाट मानिसका घरमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर कैयौँ व्यक्ति घाइते भएका पनि प्रहरी अधिकारीले बताएका छन् । तत्काल उद्वार गरिएका सयौँ व्यक्तिलाई अस्पताल भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान पनि गरिएको छ ।

राष्ट्रिय मौसम विज्ञानसम्बन्धी निकायले निकै शक्तिशाली आँधीले अलाबामाको करिब एक किलोमिटर क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो । आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्वारकर्मीलाई खोज तथा उद्धारका लागि परिचालन गरिएको थियो । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width