लमजुङ, २१ फागुन। लमजुङमा युवती बेचबिखनका एक अभियुक्तलाई १० वर्ष कैद सजाय गरिएको छ। जिल्ला अदालत लमजुङले सो फैसला गरेको हो। जिल्ला अदालत लमजुङले १७ वर्षीया युवतीलाई बेचबिखन गरेको अभियोगमा ५० हजार रुपियाँ जरिवानासहित १० वर्ष कैद फैसला गरको हो।
पीडित किशोरीलाई ३० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत लमजुङ जिल्ला अदालतको फैसलामा उल्लेख भएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए। उनका अनुसार जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यको इजलासले मानव बेचविखन तथा ओसापसार मुद्दाका अभियुक्त क्व्होलासोंथर गाउँपालिका–८, की २६ वर्षीया शान्ता गुरुङलाई उक्त कैद र जरिवानाको फैसला सजाय सुनाएको हो।
पीडकबाट जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउन फैसला भएको स्रेस्तेदार शर्माले जानकारी दिए। उनका अनुसार मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ को दफा १५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गुरुङलाई कैद फैसला भएको हो।
पीडक महिला मुद्दा पुर्पक्षका लागि गत साउन २८ गतेदेखि कारागारमा रहेको पनि स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार किशोरीलाई कुनै परपुरुषसँग लगाइदिने भनी ३ वर्षदेखि ललाईफकाई गर्दै आएको र पटक–पटक बेचबिखन गर्न भनी लाने गरेको जानकारी भएपछि किशोरीकी आमाले गत साउन २ गते प्रहरीमा उजुरी दिएपछि सो घट्नाको खुलासा भई मुद्दा चलेको थियो।
गत बैशाख ३० गते किशोरीलाई बेचबिखन गर्न भनी लैजान लागेको र किशोरीले आमालाई खबर गरेपछि प्रहरीमा उक्त घटना परेको थियो।
Related News
सम्बन्धित समाचार
धारापानी माविको ७४ औं वार्षिकोत्सव
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१