खेल पर्यटनको प्रचुर सम्भावना : उपप्रमुख गुरुङ

एजेन्सी
फागुन २२, २०७५
Upa Mayor Manju Gurung Samman_Fotor

पूर्व फुटबल खेलाडी आनन्द रञ्जितलाई सम्मान गदै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ।

पूर्व फुटबल खेलाडी आनन्द रञ्जितलाई सम्मान गदै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ।

पोखरा २१ फागुन। पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्। पोखरा महानगरपालिका वडा नम्वर १ ले आयोजना गरेको वडाभित्र रहेका टोलविकास संस्थाहरुवीच आयोजित दोश्रो वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले पोखरा खेल पर्यटनका लागि प्रचुर सम्भावना रहेको बताइन्। ‘पोखरा आफैमा पर्यटकीय शहर भएको र यहाँ खेल पर्यटनको सम्भावना छ।’

उनले पोखरा महागनरपालिकाले खेलकुद विकास ऐन पारित गरेको जानकारी दिदै खेलकुदका लागि सम्भब्यता अध्ययन र पूर्वाधार निर्माण गरिने बताइन्। पोखरालाई अन्तराष्ट्रियस्तरमा खेलकुदको माध्यमबाट पहिचान गराउने उपप्रमुख गुरुङको भनाई थियो।

गुरुङले खेलकुदले अनुशासित बनाउने र यूवालाई कुलतबाट टाढा राख्ने बताइन्। खेल मानिसको दैनिक जीवनमा आवश्यक रहेकोमा गुरुङको जोड थियो। महानगरका प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले खेलकुदको माध्यमबाट पोखरा महानगरको पहिचान बढाउन सकिने भएकाले महानगरले त्यसतर्फ ध्यान दिने बताए।

उनले खेलकुदले सवैलाई एकताको सूत्रमा बाँध्ने भएकाले यसको महत्व रहेको बताउदै वडाले गरेको प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे। वडा नम्वर १ का अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य सहारा प्रधान र अभिमन्युविक्रम राणाले बोलेका थिए।

पूर्व खेलाडी रञ्जितलाई सम्मान

पूर्व खेलाडी आनन्द रञ्जितलाई पोखरामा सम्मान गरिएको छ। पोखरा महानगरपालिकाले मंगलबार वडाले आयोजना गरेको वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सम्मान गरिएको हो। फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गदै वडाले सम्मान गरेको हो।

उनलाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरिन। उनले २०३० सालबाट फुटलब खेल खेल्न सुरु गरेका थिए। सम्मानपछि बोल्दै उनले २०३० सालबाट टुँडिखेलबाटै फुटबल खेल्न सुरु गरेको बताए।

राष्ट्रियमा अध्ययन गर्दाबाटै खेल सुरु गरेको स्मरण गदै उनले टुँडिखेल मैदानलाई संरक्षण गर्न आग्रह गरे। ‘एघार जनाले खेल्न सुरु गरेको फुटबल आज ८ जनामा खेल्न थालिएको छ, त्यसैले यहाँको मैदानको सुरक्षाका लागि सवैलाई आग्रह गर्दछु।’

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width