विद्यालय नै ठप्प पारी शिक्षक आन्दोलनमा

एजेन्सी
फागुन २१, २०७५
images_cms-image-000069592


काठमाण्डौ, २१ फागुन । जागिरको ग्यारेण्टी हुनुपर्ने माग राख्दै आन्दोलित अस्थायी शिक्षकले मंगलबार देशैभरी सामुदायिक विद्यालय वन्द गर्दा लाखौ बिद्यार्थीको पढनवाट बन्चित भएका छन् ।

प्रहरीले आन्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै उनीहरुले विद्यालय नै वन्द गरी आन्दोलनमा उत्रिएका छन् । अस्थायी, राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकले आफ्ना माग पुरा हुनु पर्ने भनदै केही दिनदेखि नै आन्दोलित वन्दै आएका छन् ।

सोमबार काठमाडौंमा प्रदर्शनका क्रममा शिक्षकले निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। प्रहरी हस्तक्षेपमा परि केही शिक्षक घाइते भएका छन्।

देशभरिका २७ हजार ८८३ सामुदायिक विद्यालयमा ४० हजार राहत शिक्षक, ३६ हजार बालविकास शिक्षक, १३ हजार अस्थायी करार, १ हजार ५३ स्रोत व्यक्ति र १ हजार ५३ सट्टा शिक्षक छन्।सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनले आफूहरुलाई नसमेटेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

संघीय शिक्षा ऐन कार्यान्वयनमा आउँदा झण्डै डेढ लाख अस्थायी शिक्षक सेवाबाट वीमुख हुने अवस्था सिर्जना भएको छ।सरकारले अस्थायी शिक्षकसँग विभिन्न समयमा गरेको सम्झौता विपरित शिक्षा ऐन ल्याउन लागेको आरोप उनीहरुको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width