सुर्खेत, २१ फागुन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्न तयार रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग मंगलबार भएको भेटघाटमा उनले भने “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।”
मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर सामुदायिक तथा निजी मिडिया बन्द गर्न खोजेको छैन भन्दै सरकारी मिडियाले सबै सञ्चारमाध्यमको नेतृत्व गर्ने गरी विकास गर्ने तवरबाट अघि बढ्नु आवश्यक रहेको बताए ।
मिडियाले राष्ट्रियताका सवालमा कलम चलाउनुपर्नेमा जोड दिदैं उनले सञ्चारमाध्यमको विषयमा बृहत् बहसको खाँचो रहेको आवश्यकता औँल्याए ।
महासङ्घका महासचिव रमेश विष्टले सम्पादकीय स्वतन्त्रता हुने गरी सञ्चारमाध्यम सञ्चालन हुनुपर्नेमा जोड दिए । टोलीमा महासचिव विष्टसहित, सचिव प्रकाश थापा, सदस्य लक्ष्मण कार्की, गोपाल बराइली, कलेन्द्र सेजुवाल, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१