कौशल्टारमा भीषण आगलागी, छ करोडको क्षति

रासस
फागुन २०, २०७५
FIRE GENERIC_1526935681864.jpg_43107216_ver1.0_1280_720


भक्तपुर, २० फागुन । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गरेको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई आगलागी हुदा ६ करोड रुपैयाँ वरावरको काठ जलेर नष्ट भएको छ ।

आइतबार राति ११ बजे लागेको आगो सोमबार बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

प्रहरी उपरीक्षक श्रेष्ठले आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताए । आगलागीबाट फर्निचर कारखानासँगै, शो रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् ।

श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको उनले जानकारी दिए । दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा केही क्षतिसमेत भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी छ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा सोमवार विहान चार वजे आगो नियन्त्रणमा आएको हो ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width