पोखरा, १९ फागुन।गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीका शोकाकुल परिवारलाई भेटेका छन् ।
आइतबार काठमाडौंबाट पोखरा आएलगत्तै प्रदेश प्रमुख कुँवर मन्त्री अधिकारीको पोखरा–५ मालेपाटनस्थित निवासमा पुगेर दिवंगत अधिकारीका परिवारजनलाई भेटी समवेदना प्रकट गरेका हुन् ।
अधिकारीकी धर्मपत्नी विद्या अधिकारी, छोरा स्वराजसँग छोटो कुराकानी गर्दै प्रदेश प्रमुख कुँवरले शोकाकुल सबै परिवारजनलाई समवेदना प्रकट गरेका थिए । प्रदेश प्रमुख कुँवरले मन्त्री अधिकारीको निधनले परिवार, समाज, प्रदेश र पूरै मुलकलाई अपुरणिय क्षती भएकाले समग्र देशलाई नै स्तब्ध बनाएको बताएका छन् ।
‘रविन्द्र अर्थात रवि (आदित्य) प्रज्वलित प्रकाश छर्ने वाला जसले आफ्नो राजनैतिक जीवनभर जनकल्याणको लागि काम गर्नुभयो । बहालवाला मन्त्री छँदा अकालमै उहाँको निधन हुँदा म अत्यन्त मर्माहत भएको छु, ’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा लेखेका छन, ‘माता पिता तथा मातृभूमिले एउटा सुपुत्र गुमाएको छ । जनताले एउटा सुयोग्य नेता गुमाएको छ ।’
‘मेरो भाईजस्तै मलाई सँधै दाजु बनेर बोलाउने स्नेही र सँधै प्रशन्न रहने उच्च व्यक्तित्व कहिलेकँही पवित्र कोखबाट जन्मने गर्छन् । धन्य छ त्यो पवित्र कोख जसले यस्तो ओजस्वी नागरिक, नेता मातृभूमिलाई दिएको थियो । बिडम्बना दैवको क्रुर प्रहार यस्तो व्यक्तित्वलाई हामीबाट चुडेर लग्यो’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा उल्लेख गरेका छन् ।
‘म ईश्वरसँग यही प्राथना गर्दछु दिवंगत आत्माको बैकुण्ठ वास होस् ।
शोकाकुल परिवारजन सबैप्रति र समस्त प्रदेशवासी दाजुभाई दिदी बहिनीहरुलई यस दुःखद घडीको यो पीडा सहन सक्ने शक्ति भगवानले प्रदान गरुन्, ’ प्रदेश प्रमुख कुँवरले शोक पुस्तिकामा आफ्नो कुरा टुंग्याउँदै लेखेका छन, ‘स्व. रविन्द्र मेरो भाई एवं मन्त्रीप्रति हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दछु ।’
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९