शिवरात्रीको अवसरमा क्लबद्वारा सरसफाई

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७५
club-photo_Fotor

लेखनाथ, १९ फागुन। महाशिवरात्रीको अवसरमा पारेर रूपा गाउँपालिका–५ को दोभान क्लबले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

सरसफाई कार्यक्रमको शुभारम्भ रूपा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टेकवहादुर गुरुङ्गले गरेका हुन्।

यस्ता कार्य उदाहरणीय र प्रशंसनीय रहेको बताउादै उनले आगामी दिनहरूमा पनि निरन्तरता दिन आग्रह गरे।

क्लबका अध्यक्ष दीपक अधिकारीले फोहोर संवेदशील वस्तु भएकाले समाजकै ईज्जतसंग जोडिएको हुँदा सबै यूवा सरसफाईमा जुटनु पर्नेमा जोड दिए।

चटपट, बिष्कुट, चाउचाउ, गुटका तथा सूर्तीजन्य पदार्थको प्लास्टिकजन्य फोहोरलाई निराकरण तथा समाधानका लागि क्लबले ब्यवसायी तथा बुद्धिजीवीको सहयोगमा टोल एवं बाटोमा डस्वीनको व्यवस्था गरेको जानकारी दिइएको छ।

सरसफाई कार्यमा फेदीटोल विकास संस्था, बेत्यनी टोल विकास संस्था, फेदी नेवा सांस्कृतिक गुठी, दोभान आमा समूह, एकान्तकुना आमा समूह, कालिका एकता आमा समूह, गाउँविकास कृषि सहकारी संस्था को सहभागीता थियो।

Related News

सम्बन्धित समाचार

  • कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार…
  • अम्बिका माविमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । जनहितैषी फाउन्डेसन, नेपाली चिल्डे«न तथा हिमालय परियोजनाले संयुक्त रुपमा सुइँखेतस्थित अम्बिका माविमा सहयोग गरेका छन् । ती संस्थाले…
  • लमजुङे ठाडोभाका प्रकाशित

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । लमजुङ र छिमेकी जिल्लामा समेत प्रचलित ठाडोभाका लोकगीतसम्बन्धी अनुसन्धानात्मक पुस्तक लमजुङे ठाडोभाका प्रकाशित भएको छ । प्रज्ञा प्रतिष्ठानको…
  • कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०७९
    पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार साताै…
  • पोखरामा रैथाने भोजन सप्ताह

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । पोखरामा ‘रैथाने भोजन सप्ताह अनि मःम जात्रा’ हुने भएको छ । नेपासा भोजनले मंसिर १० देखि रैथाने खानाको…

hero news full width