पोखरा, १९ फागुन । पोखराको फेवातालमा आइतवार विहान एक युवतीको शव भेटिएको छ ।
अन्नपूर्ण गाउँपालिका—२ ढिकुरपोखरी निवासी १९ बर्षीया दिब्या अधिकारीको शव गौरीघाट नजिक फेवातालमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
तालमा तैरिरहेको अबस्थामा शव विहान ७.०० वजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शल्यपरीक्षणको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
पोखरा नर्सिङ कलेज रानीपौवामा विएसी नर्सिङ प्रथम बर्षमा अध्ययनरत गर्दै गरेकी ती युवतीको शरिरमा वाहिरी घाउचोट नदेखिएको कास्कीका प्रहरी प्रमुख ओम रानाले बताए । शल्यपरक्षिणको रिपोर्ट पछि थप अनुसन्धान थालिने जानकारी पनि उनले दिए ।
घटनाको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिदैन, अस्पतालले शल्य परीक्षणको रिपोर्ट दिएपछि अन्य कुरा थाहा हुने छ, कास्कीका प्रहरी प्रमुख ओम रानाले भने — उनको साथमा प्लाष्टिकले वेरिएको अवस्थामा अंकलको मोवाइल नं भेटिएको छ । घटनाको वारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरी प्रवक्ता गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९