काठमाडौ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी निर्माण, लोकतान्त्रिक सङ्घर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता तथा पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीलाई गुमाउनुपर्दा मर्माहत भएको बताएको छ ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीबेरअघि संयुक्तरूपमा शोक वक्तव्य जारी गरेर स्वर्गीय अधिकारीले मुलुकको परिवर्तन र रूपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गरेका छन् ।
दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुले नेता अधिकारीकी जीवनसँगिनी सविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायत परिवारका सदस्यहरू र आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
विसं २०४७ मा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता गरी नेकपा (एमाले) निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता अधिकारी २०७१ मा पार्टीको सक्रिय राजनीतिबाट बिदा नलिँदासम्म स्थायी कमिटी सदस्य थिए ।
पार्टीमा रहँदा उनले केन्द्रीय अर्थ तथा योजना, आर्थिक, उद्योग, संसदीय र अनुगमन विभागका साथै पूर्वाञ्चल क्षेत्र समन्वय कमिटी जस्ता पार्टी कामको नेतृत्व गर्नुभएको अध्यक्षद्वयले स्मरण गरेका थिए ।
सबैसँग मिलेर काम गर्नसक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका नेता अधिकारीले राजकीय क्षेत्रमा निर्वाह गरेको भूमिका महत्वपूर्ण छ, २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा मोरङ–२ बाट प्रतिनिधिसभा सदस्य निवार्चित उनी २०७० सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भएका थिए ।
संसद्भित्र उनी अनुभवी सांसदका रूपमा काम गर्नुका साथै पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको जिम्मेवारी पनि सम्मालेका थिए । अध्यक्षद्वयले २०५१ सालमा गठित पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रूपमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, जेष्ठ नागरिक सम्मान जस्ता लोकप्रिय कार्यक्रम अघि सारेर जनविश्वास हासिल गर्नमा उनले निर्वाह गरेको भूमिका जनस्तरमै स्थापित रहेको तथा २०४७ सालमा संविधान सुझाव आयोगको सदस्य रहेका उनले २०६३ मा अन्तरिम संविधान र २०७२ मा संविधानसभाबाट नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेको बताइएको छ ।
विसं १९९३ वैशाख २२ गते महोत्तरीको भवरपुरा गाउँमा आमा पूर्णकुमारी अधिकारी तथा बुबा रामचन्द्र अधिकारीबाट जन्मिएका अधिकारीले आफ्ना दाजु मनमोहन अधिकारीको अगुवाइमा विराटनगर जुट मिल्स क्षेत्रमा भएका राजनीतिक क्रियाकलापलाई सानै उमेरदेखि नजिकबाट देख्न÷जान्न पाएका कारण आफूलाई राजनीतिमा संलग्न गराएका थिए ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९