शिवरात्रीको अवसरमा क्लबद्वारा सरसफाई

आदर्श समाज संवाददाता
फागुन १९, २०७५
club photo


लेखनाथ, १९ फागुन । महाशिवरात्रीको अवसरमा पारेर रुपा गाउँपालिका–५ को दोेभान क्लबले सरसफाई कार्य सम्पन्न गरेको छ ।

सरसफाई कार्यक्रमको शुभारम्भ रुपा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले गरेका हुन् । उदाहरणीय र प्रशंसनीय रहेको बताउादै उनले आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।

क्लबका अध्यक्ष दीपक अधिकारीले फोहोर अत्यन्त संवेदशील वस्तु भएकाले यस क्षेत्रको ईज्जतसंग जोडिएको हुँदा सबै यूवा सरसफाईमा जुटनु पर्नेमा जोड दिए ।

चटपट, विष्कुट, चाउचाउ, गूटका तथा सूर्तीजन्य पदार्थको प्लास्टिकजन्य फोहोरलाई निराकरण तथा समाधानका लागि क्लबले ब्यबसायी तथा बुद्धिजीवीको सहयोगमा टोल एवं बाटोमा डस्वीनको व्यवस्था गरेको जानकारी क्लबले दिएको छ ।

सरसफाई कार्यमा फेदीटोल विकास संस्था,बेत्यनी टोल विकास संस्था, फेदी नेवा सांस्कृतिक गुठि, दोभान आमा समुह, एकान्तकुना आमा समुह, कालिका एकता आमा समुह, गाउँ विकास कृषि सहकारी संस्था को सहभागीता थियो ।

Related News

सम्बन्धित समाचार

  • संसदमा स्वतन्त्रको निरन्तरता

    रासस मंसिर ११, २०७९
    काठमाडौं । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै…
  • महिला सहभागितामा समानुपातिककै भर

    धनबहादुर गुरुङ मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेशसभामा ६० सिट कायम छ । संविधानले व्यवस्था बमोजिम प्रदेश संसदमा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा…
  • मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न…
  • डेढ घण्टा हिँडेर विद्यालय

    रासस मंसिर ३, २०७९
    पाल्पा । निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ…
  • निर्वाचन तयारी : बार लगाउने, तारले छेक्ने

    धनबहादुर गुरुङ मंसिर ३, २०७९
    पोखरा । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीका मतदानस्थलमा आवश्यक तयारी तीव्र पारिएको छ ।…

hero news full width