पोखरा, १८ फागुन । स्वतन्त्र पत्रकारहरुको छाता संगठन स्वतन्त्र पत्रकार संघ नेपाल, बाँके शाखाको शनिबार सम्पन्न दोस्रो अधिवेशनले पुनः नमस्कार शाहको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ ।
जसमा कार्यसमिति उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हेमराज भट्ट, छविलाल सुनार, शम्भु शाही र मुना विष्ट चयन भए । सदस्यमा खेम विष्ट र दीला शाह छन् । रिक्त २ सदस्य पछि मनोनीत गर्ने प्रावधान छ ।
जिल्ला समन्वय समिति, बाँके प्रमुख अजय श्रीवास्तवले अधिवेशनको उद्घाटन गर्दै पत्रकारिताजगत स्वतन्त्र नहुँदा समाज पछि परेको बताए । उनले हरेक कुरामा राजनीतिकरण हुँदा पत्रकार पनि दलहरुमा विभाजित भएको बताए । पत्रकार नै दलमा विभाजित भए विभाजित पत्रकारबाट समाजले सही सूचना नपाउनु स्वभाविक हुने टिप्पणी गरे । उनले पत्रकारिता स्वतन्त्र नहुँदा काम गरिरहेका व्यक्तिहरु समेत ओझेलमा परेको उनको भनाइ थियो ।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारिताको सुदृढीकरण र सवलिकरणका लागि स्वतन्त्र पत्रकारिता आवश्यक रहेको बताए । उनले पत्रकारितामा भइरहेको व्यापक राजनीतिकरणविरुद्ध स्वतन्त्र पत्रकार संघ स्थापना भएको बताए ।
संघका राष्ट्रिय महासचिव नवराज पहाडीले स्वतन्त्र पत्रकारिता पत्रकारिताको पेशागत धर्म भएको बताए । देशभरका स्वतन्त्र पत्रकार संगठित गर्दै १९ जिल्लामा शाखा विस्तार गर्न संघ सफल भएको उनले बताए । स्वतन्त्र पत्रकारिताको जगेर्ना गर्न आइपर्ने हरेक बाधा, व्यवधान सामना गर्न संघ तयार रहेको उनको भनाइ थियो ।
अग्रज पत्रकार पूर्णलाल चुकेले स्वतन्त्र पत्रकारिताले नै समाजलाई जागरुक बनाउने बताए । उनले जीवनको लामो समय स्वतन्त्र पत्रकारितामा बिताएको अनुभव सुनाए। पत्रकार राजनीतिमा विभाजित हुँदा समाजमा नकारात्मक सन्देश प्रवाह भएको बताए ।
कार्यक्रममा संघका राष्ट्रिय कोषाध्यक्ष वीरेन्द्र पाण्डे, उपमहासचिव राजेन्द्रजंग रायमाझी, राष्ट्रिय पार्षद डीआर सुमन, नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाईं, राष्ट्रिय सदस्य मन भण्डारी लगायतले बोलेका थिए ।
शाखा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको अधिवेशन उपाध्यक्ष छबिलाल सुनारले सञ्चालन र सचिव हेमराज भट्टले स्वागत मन्तव्य दिएका थिए ।
अग्रज पत्रकार सम्मानित
अधिवेसशन अवसरमा बाँकेका ३ अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँके प्रमुख अजय श्रीवास्तव, विशिष्ट अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, वरिष्ठ पत्रकार पूर्णलाल चुके र हेमन्त कर्माचार्यलाई दोसल्ला ओढाउँदै सम्मान प्रदान गरेका थिए । अस्वस्थताका कारण वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य अनुपस्थित थिए । बाँके जिल्लालाई कर्मथलो बनाई पत्रकारिताको विकास र सम्बद्र्धनका लागि महत्वपूर्ण योगदान निर्वाह गरेकोमा उनीहरुलाई सम्मान गरिएको जनाइएको छ । अग्रज पत्रकारको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको संघले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय अध्यक्ष बास्तोला, महासचिव पहाडी, प्रदेश ५ का संयोजक रमेश सिटौला लगायतले बधाई ज्ञापन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९