बागलुङका सोह्र घरवासले अनुदान पाउने

रासस
फागुन १८, २०७५
baglung 1


गलकोट, १८ फागुन । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा बागलुङबाट १६ घरवास छनोट भएका छन् ।

ग्रामीण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले मन्त्रालयले गत पुस १४ गते आह्वान गरेको सूचना बमोजिम विभिन्न १६ घरवास अनुदानका लागि छनोट गरिएका हुन् । बागलुङका १९ घरवासले अनुदानका लागि प्रस्ताव पेश गरेका मन्त्रालयले जनाएको छ ।

तीन सय गाउँमा घरवास सञ्चालन गर्ने नीति लिएको प्रदेश सरकारले अनुदान प्रक्रिया अगाडि बढाएको छ । सरकारले घरवास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको छ ।

परियोजना प्रस्ताव स्वीकृत भई सम्झौता गरेको १५ दिनभित्र घरवास समितिलेकार्य सञ्चालन गर्नुपर्नेछ । सम्झौतापछि मन्त्रालयले पहिलो किस्ताका रुपमा ४० प्रतिशत अर्थात रु चार लाख समितिको खातामा हाल्ने व्यवस्था अनुदान कार्यविधिमा छ ।

सरकारले घरवास चलाउन प्रदान गर्ने अनुदानको रकमको खर्च सम्बन्धमा कार्य्विधि पनि बनाएको छ । घरवास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनीस्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् ।

व्यवस्थापन समितिले हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, सांस्कृतिक सङ्ग्रहालय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, दृश्यावलोकन स्तम्भ बनाउन प्रवेशद्वार, पदमार्ग, ढुङ्गेमार्ग बनाउन सो रकम खर्च गर्न सक्नेछन् । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका ८५ गाउँपालिकामा स्वरोजगार सिर्जना गर्न होमस्टे प्रवद्र्धनका लागि रु ३० करोड विनियोजन गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

  • पर्यटकीय राजधानीपछि अब के ?

    आदर्श समाज सम्वाददाता जेठ ३०, २०८१
    पोखरा । पोखरालाई गत ४ चैतमा ‘पर्यटकीय राजधानी’ घोषणा गरियो । अब पोखरालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन र पर्यटकको आवागमन बढाउनुपर्ने चुनौती…
  • टेवान टोली विदेशतिर

    आदर्श समाज सम्वाददाता जेठ २९, २०८१
    पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोली पोखराको पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर विदेशतर्फ लागेको छ । टेवान अध्यक्ष…
  • भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै टाप गाउँ   

    वासुदेव पौडेल जेठ २७, २०८१
    गण्डकी ।  एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका छन्भने बाँकी चार घर दलित समुदायका…
  • घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८१
    लमजुङ ।  पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् । यहाँ…
  • सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता   

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सराङकोटका जनप्रतिनिधि,…

hero news full width