जीप दुर्घटनामा ११ को मृत्यु

एजेन्सी
फागुन १८, २०७५
ddd


दार्चुला , १८ फागुन । दार्चुलामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाकै सनाखत भएको छ ।

दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप शुक्रवार साँझ राताकाठा भन्ने स्थानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

जीप दुर्घटनामा परी मुत्यु हुनेमा दुहूँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, उनकी १५ वर्षीया छोरी निर्मला बडाल र सोही स्थानकी ३५ वर्षीया पारुली धामी रहेका छन् । त्यस्तै दुहूँ गाउँपालिका– १ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धना बम र ५३ वर्षीया मानमती भट्टको पनि दुर्घटनामा परी ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतका अनुसार दुहूँ गाउँपालिका ४ की अन्दाजी ५५ वर्षीया अम्मरा बम, ७ वर्षीया आयुशा बम, बैतडी दोगाडाकेदार गाउँपालिका–६ सित्तडका प्रताप चन्द र २१ स्नेहा बमको पनि शव पहिचान भएको छ ।

दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको थियो । घटनास्थल एकदमै भिरालो रहेको र राति पनि भएकाले सुरक्षाकर्मीहरुलाई उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width