पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रवार पोखराको नयाँवजार स्थित प्रदर्शनी केन्द्रमा पोखरेलीको भीड लागेको छ ।
राजधानी काठमाण्डौवाट उनको शव दिउसो १.०० वजे नयाँ वजार स्थित प्रदर्शन केन्द्रमा ल्याइएपछि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरेलीको भीड लागेको हो । हजारौको संख्यामा वालकदेखि वृद्धासम्म उनलाई श्रद्धाञ्जली दिन प्रदर्शनी केन्द्र पुगेका छन् ।
उनलाई अन्तिम श्रद्धाञ्जलि दिने नेकपा नेता वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी मन्त्रीहरु श्रेष्ठ, गोकर्ण विष्ट, पद्मा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ, मन्त्रीहरु, प्रतिनिधि सभा सभा तथा प्रदेश सभा सदस्य र विभिन्न राजनीतिबक दलका नेता तथा प्रदर्शनी केन्द्र पुगेका छन् । उनलाई श्रद्धाञ्जली दिन जानेको भिडले गर्दा नयाँ वजार र नयाँ सडकको सडक नै ट्राफिक जाम भएको छ ।
अन्तिम श्रद्धाञ्जलि दिन रवीन्द्रका बुवा इन्द्रप्रसाद अधिकारी, आमा लक्ष्मी अधिकारी, पत्नी विद्या अधिकारी प्रदर्शनी केन्द्रमा पुगेका थिए । रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिनका लागि गाउँगाउँवाट नेकपा मात्र हैन सवै राजनीतिक दल र सर्वसाधारणको भीड छ ।
श्राद्धाञ्जली दिन प्रदशृनी केन्द्र पुगेका कास्की मादी गाउँपालिका भाचोकका आनन्द सुवेदीले भने —देशले एक हुनहार नेता गुमाउनु परेको छ, कास्कीले यस्तो नेता अब पाउन गाह्रो छ । सवैसँग नरम व्यवहार ,दुरदर्शी, सवैलाई समान व्यवहार, अनुसाशित नेता गुमाउदाको पीडा खप्न सक्ने अवस्थामा छैन् ।
नेकपा कास्कीका कार्यकर्ता इमानराज पौडेल मन्त्री रवीन्द्रको शवमा पुष्पमाला चढाउदै रुनथाले दैवले पनि इमान्दारलाई र राम्रो मान्छेलाई मात्र लादो रहेछ । श्रद्धाञ्जलि दिन लागेको भिडलाई नियन्त्रण गर्न प्रहरीलाई परिचालन गरिएको छ ।
रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिनका लागि चार वजेसम्म प्रदर्शनी केन्द्रमा राखिने र चार वजे शव यात्रा सुरु गरिने छ । सरकारको निर्णय अनुसार उनलाई राजनीय सम्मान सहित सम्मान दिन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रवहादुर वुढाले जानकारी दिए ।
शव यात्रा पर्दशनी केन्द्रवाट सुरुभई नयाँवजार, रानीपौवा, अस्पताल चोक हुदै रामघाटमा पुगेर अन्त्येष्टि गरिन गण्डकी प्रदेशका भौतिक पूर्वाघार तथा विकास मन्त्री एवं सरकारका प्रवक्ता रामशरण वस्नेतले जानकारी दिए । शव यात्रामा हजारौ कस्केलीको सहभागीता रहने भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निवाचित भएका थिए ।
ऋषिराम बराल
Related News
सम्बन्धित समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१