प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण

रासस
फागुन १७, २०७५
pp 4

k|wfgdGqL s]kL zdf{ cf]nL, g]kfn sDo’lgi6 kf6L{ -g]skf_ cWoIf k’iksdn bfxfn k|r08 tfKn]h’ªdf ut a’waf/ ePsf] x]lnsf]K6/ b’3{6gfdf lgwg ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /ljGb|k|;fb clwsf/L kfly{s zl//df >2fl~hnL JoQm u/L kf6L{sf] em08f cf]9fpb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि अहिले टँुडिखेलमा राखिएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाए । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए।

दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । असार १ गते गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । संसदमा बजेट पढ्नुअघि…
  • तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । गोरखा भूकम्पको मारले २०७२ साल वैशाखमा अरु स्थानमा जस्तै तनहुँको भीमाद नगरपालिका ५ मिछुर्लुङलाई थरथरी कमायो । वैशाख…
  • मालपोत कर घटाउन दबाब

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कास्कीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । एसोसिएसनका अध्यक्ष खडानन्द लामिछाने…
  • ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखरामा ल्यान्डफिल साइट कहाँ सार्ने भन्ने विवाद सुल्झिन सकेको छैन । पोखरा महानगरको आगामी आवको बजेटमा पोखरा ३३,…
  • प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल

    आदर्श समाज सम्वाददाता असार १९, २०७९
    लोकगायक एवं साहित्यकार पद्मराज ढकाल पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् । विद्यार्थीकालबाट नै उनको सांगीतिक एवं साहित्यिक यात्रा सुरु भयो…

hero news full width