निर्मला पन्तको घरमा स्वतन्त्र

अपराधी पत्ता लगाउन किन ढिला ? - दुर्गादेवी

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७५
nirmala_Fotor

कञ्चनपुर नगरपालिका–२, उल्टाखामस्थित निर्मला पन्त परिवारसँग सामूहिक तस्वीर खिचाउँदै केन्द्रीय पदाधिकारी।

कञ्चनपुर नगरपालिका–२, उल्टाखामस्थित निर्मला पन्त परिवारसँग सामूहिक तस्वीर खिचाउँदै केन्द्रीय पदाधिकारी।

महेन्द्रनगर, १६ फागुन। बलात्कार गरेर मारिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको अझै पनि अपराधी पत्ता नलागेकोप्रति पीडितपरिवारले चिन्ता व्यक्त गरेको छ।

पीडित परिवारलाई भेट्न भिमदत्त नगरपालिका २ को उल्टाखामस्थित घरमा बुधवार अपरान्ह पुगेको स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय पदाधिकारीहरुको टोलीसँग परिवारले चिन्ता व्यक्त गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली समेतले हामीलाई अब अपराधी छिटो पत्ता लाग्छ भन्नुभएको थियो। निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्– ‘सात महिना भइसक्यो, अझै पत्ता लागेको छैन। ’

अपराधी पत्ता लाग्ला भन्ने श्विास छ त तपाईंलाई? भन्ने प्रश्नको जवाफमा उनले भनिन्– ‘प्रहरी प्रशासनका मानिस आएर हामीलाई पनि पीडा छ। हामी जसरी पनि पत्ता लगाउँछौं भन्नुभएको छ। साच्चै नै पीडा लागेको हो भने अपराधी पत्ता त लगाउनु पर्यो नि। ’

प्रहरी प्रशासनसँग तपाईंहरुको अरु गुनासो के छ भन्ने प्रश्नको उत्तरमा उनले आँसु चुहाउँदै भनिन्– ‘हामीलाई घटनास्थलमा जान पनि दिएनन्, मैले त छोरीको मुख पनि देख्न पाइनँ। प्रमाण सबै नष्ट गरियो। मैले घटनास्थलमै देख्न पाएको भए सायद अड्कलले पनि अपराधी चिन्थे होला । ’

दिदी मनीषा पन्तले भनिन्– ‘घटनास्थल पनि प्रहरीले सुरक्षित गरेको थिएन। सबै मानिसहरु ओइरिएका थिए। प्रहरीले किन चाडो प्रमाणहरु नष्ट गर्यो। धेरै शंकाको कुरा छ। ’

पत्रकारहरुको भूमिका कस्तो पाउनु भयो त भन्दा आमाछोरी दुवैले एकै मुख भएर भने– ‘पत्रकारकै सहयोगले त हो नि घटनाको चर्चा विश्वव्यापी बन्यो र सरकारले बल्ल ध्यान दियो। आज निर्मला जस्ता धेरै चेलीबेटीको सुरक्षाको कुरा पनि उठेको छ। ’

त्यस अवसरमा स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले निर्मला पन्तको हत्या घटना सबै चिन्तित रहेको उल्लेख गर्दै सञ्चार जगत्ले अपराधी पत्ता नलागेसम्म सरकारका मान्छेलाई चैन गरेर बस्न नदिने बताए। साथै उनले भने, स्वतन्त्र सञ्चार जगत्लाई पनि दबाउने कोसिस भयो भने त्यस्ता तानाशाहको अस्तित्व पनि रहने छैन। टोलीमा स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव नवराज पहाडी, उपमहासचिव राजेन्द्रजंग रायमाझी, कोषाध्यक्ष वीरेन्द्र पाण्डे र अर्घाखाँचीका राष्ट्रिय पार्षद् डीआरजी सुमन रहेका थिए।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width