मुख्यमन्त्री र मेयरद्वारा दुःख व्यक्त

‘दूरदर्शी नेताको अवसान’

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७५
rabindra-adhikari

पोखरा, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको अप्रिय घटनाप्रति विभिन्न संघसंस्था तथा राजनीतिक दलसम्बद्धबाट दुःख व्यक्त गरिएको छ ।

नेकपा सचिवालय बैठकले शोकप्रस्ताव पारित गर्दै दिवंगत मन्त्री अधिकारीसहित सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको सचिवालय बैठकले सो शोक प्रस्ताव पारित गरेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् ।

उनीद्वारा विहीवार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निदेर्शक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिदेर्शक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका निदेर्शक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधनको खबरले मर्माहत बनाएको उल्लेख गरिएको छ।

अधिकारीको निधनबाट हामीलाई अपूरणीय क्षति भएको छ र गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उहाँद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। उनले भनेका छन्् “मन्त्री अधिकारीले आफूलाई प्राप्त हरेक राजनीतिक जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्नुका साथै जनप्रतिनिधि, संसद्को विकास समितिको सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको भूमिकामा समेत आफूलाई अब्बल सावित गर्दै आउनुभएको थियो।”

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मन्त्री अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनले आफू मर्माहत भएको बताएका छन् ।

जिसीले शोक विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गरेका छन्।  पोखरा–३३ मा जन्मेर विद्यार्थी आन्दोलनबाटै क्रियाशील राजनीतिकर्मीका रूपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र रहेको जिसीले स्मरण गरेका छन्।

उनले अधिकारीको निधनले मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालीन, अध्ययनशील, प्रतिभावान्, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…
  • १३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । युनाइटेड क्लब आयोजनामा अमरसिंहचौरमा १३ औं पोखरा महोत्सव जारी छ । गत २५ पुसदेखि सुरु महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय…

hero news full width