तस्विर : सुदर्शन रञ्जित
आहारारा गोल्डकपको दोस्रो सेमिफाइनलमा प्रतिष्पर्धा गर्दै आर्मी र डफिन्स। तस्वीर : सुदर्शन रञ्जित
पोखरा, १६ फागुन । विभागीय सेनाको त्रिभुवन आर्मी क्लब १७ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल पुगेको छ । विहिबारको अन्तिम सेमीफाइनलमा आर्मीले विदेशी डफिन्सलाई रोक्दै फाइनल यात्रा गरेको हो ।
क्यामरुनको डफिन्स फेमिली फुटबल टिममाथि राष्ट्रिय खेलाडी सम्मिलित आर्मीले १–० को नतिजा निकाल्यो । यस सिजनको चौथो उपाधि उचाल्ने डफिन्सको सपनामाथि आर्मी वाधक बन्यो ।
तीन हप्ता अगाडि पोखरामा सम्पन्न मनकामना केबुलकार पोखरा कपमा हार व्यहोरेको आर्मीले आहा रारा गोल्डकपमा भने डफिन्ससँग बदला लियो । दोस्रो रोजाइको खेलाडी उतारेको आर्मीलाई मनकामना केबुलकार पोखरा कपमा डफिन्सले ४–१ को गोल अन्तरले हराएको थियो ।
तीन हप्ताअघि पोखरामा मनकामना केबुल कार पोखरा कप जितेको डफिन्सले बुढासुब्बा गोल्डकप र चार दिन पहिले बुटबलमा तिलोत्तमा गोल्डकप जित्दै पोखरामा आहा रारा गोल्ड कप खेल्न आएको थियो ।
तिलोत्तमा गोल्डकपमा विभागीय नेपाल पुलिस क्लबलाई हराउँदै आहा रारा गोल्ड कपको क्वार्टरफाइनलमा पुलिसलाई नै २–१ गोलको जित निकाल्दै डफिन्सले सेमीफाइनलमा विभागीय आर्मीसँग फाइनलका लागि प्रतिस्पर्धा गरेको थियो ।
आर्मीको जितमा टेकबहादुर बुढाथोकी नायक बने । आर्मीका लागि टेकबहादुरले शुरुवाती १३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले दिपक गुरुङको क्रसमा हेड गोल गरेका थिए । दिपकले मैदानको दायाँ भागबाट निकालेको लामो हाइबललाई डी–एरियाभित्र अनमार्कमा रहेका टेकबहादुरले फस्ट बार च्याप्दै हेड गोल गरेका थिए ।
आर्मीका दिपक गुरुङ म्यान अफ दि म्याच बने । उनले नगद ५ हजारसहित म्यान अफ दि म्याचको ट्रफी पाए ।
आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले खराव मैदान र विपक्षी डफिन्सको पावर गेमविरुद्ध प्लेसिङ गेम खेलेर आर्मीले जित निकालेको प्रतिक्रिया दिए । खेल मैदानको खराबीले आर्मीले सोंचेजस्तो प्रदर्शन गर्न नसकेको न्यौपानेको प्रतिक्रिया थियो । तीन पटक फाइनल पुगेर उपाधिविहिन बनेको आर्मीले यस पटक इतिहाँस रच्ने दाउमा रहेको न्यौपानेले बताए ।
अन्तिम सेमीफाइनल डफिन्सको पावर र एअर गेमविरुद्ध आर्मीको प्लेसिङ र टेक्निकल गेम थियो । खेलको २७ औं मिनेटमा टंक बस्नेतले प्रहार गरेको लङबललाई डफिन्सका कीपर प्रिसोले सजिलै समाते । २२ औं मिनेटमा नवयुग श्रेष्ठले डफिन्सका दुई डिफेण्डरलाई छलाउँदै गरेको शुट सिधा कीपर प्रिसोको हातमा प¥यो ।
त्यस्तै, दोस्रो हाफमा विपक्षी कीपर प्रिसोसँगको वान भर्सेज वानको स्थितिमा भरत खवास गोल गर्नबाट चुके । त्यस्तै, नवयुग श्रेष्ठ ६२ औं मिनेटमा गोल गर्नबाट असफल रहे । विपक्षी डफिन्सका दुई डिफेण्डरबारलाई नवयुगले तोड्न सकेनन् । उनले प्रहार गरेको बल सेकेण्ड बार हुँदै आउट हुन पुग्यो ।
खेलको ईञ्जुरी समयमा नवयुग श्रेष्ठ गोल गर्नबाट चुके । मैदानको दायाँ भागबाट सन्तोष तामाङले प्रहार गरेको फ्रीकिक बललाई नवयुगको हेड बल सेकेण्ड बार हुँदै बाहिरियो । डफिन्सका इक्वेमले नवयुग श्रेष्ठलाई लडाएपछि आर्मीले फ्रीकिक पाएको थियो ।
पावर गेम र एअर बल खेलेको डफिन्सले १० मिनेटमा गोल गर्नबाट चुक्यो । मैदानको दायाँ भागबाट आन्द्रेसले प्रहार गरेको बललाई आर्मीका डिफेण्डरले क्लियर गर्न नसकेपछि यानिक स्टेफानले प्रहार गरेको बल आकासियो ।
२४ औं नियाले प्रहार गरेको लामो प्रहारको बललाई आर्मीका कीपर विकेशले सजिलै नियन्त्रणमा लिए । लगत्तै डफिन्सका यानिक गोल गर्नबाट चुके । उनले प्रहार गरेको बल दायाँ बार हुँदै बाहिरियो । ८२ औं मिनेटमा क्यामरुनी डफिन्स टिम गोल गर्नबाट चुके । एन्डेम्बाले हेड गरेको बललाई कीपर विकेसले जम्प गरेर मुस्किलले समाते ।
दोस्रो सेमीफाइनल खेलमा मुख्य रेफ्री सुदिशकुमार पाण्डेले डफिन्सलाई आठ र आर्मीलाई एक पहेंलो कार्ड देखाए । खेल सकिन पाँच मिनेट बाँकी छदाँ डफिन्सका १० जनाले खेलाडीमा सीमित रह्यो । यसअघि, पहेंलो कार्ड खाएका एनडेम्बाले मिड फिल्डर विकास तामाङलाई लडाएपछि रेड कार्ड खाँदै मैदान बाहिरिए ।
आर्मीले फाइनलमा थ्रीस्टारसँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । थ्रीस्टार, आहा रारा गोल्डकपको चार पटकको विजेता बनिसकेको छ । उसले आहा रारा गोल्डकपको पाँचौं, नवौं, एघारौं र ते¥हौं उपाधि उचालिसकेको छ । थ्रीस्टारले एक पटक उपविजेतामा चित्त बुझाएको छ । गत वर्षको फाइनलमा पुलिससँग थ्रीस्टारले हार्दै उपविजेतामा चित्त बुझाएको थियो ।
आर्मीले तीन पटक फाइनल पुगेर पनि उपाधिविहिन बनेको छ । आहा रारा गोल्डकपको सातौं, आठौं र चौधौं संस्करणको फाइनल पुगेर आर्मीले उपविजेतामा चित्त बुझाएको छ । सातौं र आठौं संस्करणको आहा रारामा आर्मीले विभागीय पुलिससँग र १४ औं संस्करणको फाइनलमा मनाङ मस्र्याङ्दीसँग हारेको थियो । आर्मी यस संस्करणको उपाधि उचालेर इतिहाँस रच्ने दाउमा छ ।
यस सिजनमा आर्मी र थ्रीस्टार सिमरा गोल्डकप र इटहरी गोल्डकप गरी दुई पटक आमने सामने भएको छ । दुबै टोलीले एक÷एक जित हात पारेको छ । सिमरा गोल्डकपको फाइनलमा सडन डेथमा थ्रीस्टारले हराएको थियो भने । इटहरीमा क्वाटरफाइनलमा आर्मीले सडन डेथमै थ्रीस्टारलाई हराएको थियो ।
Related News
सम्बन्धित समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
hero news full width
मुख्य समाचार
डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९सेती उत्खनन् रोक्न अन्तरिम आदेश
चैत्र ८, २०७९मध्यपहाडीको मार : रुट फेर्न वडा कार्यालयमा ताला
चैत्र ८, २०७९होटल पौवाको ११ औं शाखा पोखरामा
चैत्र ८, २०७९