सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी

रासस
फागुन १६, २०७५
rabindra photo

zj ;’s]6f/ ljdfg:ynaf6 sf7df08f} Nofpg] tof/L ub{} tfKn]h’ªdf a’waf/ x]lnsK6/ b’3{6gfdf k/L d[To’ ePsfsf] zj g]kfnL ;]gfn] 36gf:ynaf6 ;’s]6f/ ljdfg:yndf NofP kl5 sf7df08f} Nofpg] tof/L ub{} . t:jL/M gf/fo0f 9’+ufgf, /f;;


सुकेटार, १६ फागुन । नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपु¥याएको छ ।

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । विमानस्थल क्षेत्रमा पुनः मौसम बिग्रेको छ । यसले गर्दा शव काठमाडौँ पठाउन मौसममा सुधार नआउन्जेलसम्म पर्खनुपर्नेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरू सबै शवको विमानस्थलमा मुचुल्का गरी विहीवार नै काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारीदिएका छन् ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

राष्ट्रिय शोकको घोषणा

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा,विहीबार सार्वजनिक विदासरकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनमा विहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा विहीबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । विहीबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।
मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।

रवीन्द्र अधिकारीको संक्षिप्त जीवनी
पिता —इन्द्र प्रसाद अधिकारी
माता — लक्ष्मीदेवी अधिकारीको
जन्म मिति — बि.सं. २०२६ साल बैशाख २२ गते
जन्मस्थल— कास्की भरतपोखरी जामुनाबोटमा
श्रीमती — बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययन — ब्यवस्थापनमा स्नातकोत्तर
सन्तान — दुई छोरा
विद्यार्थी राजनीति
१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वा्चित ।
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वा्चित ।
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वा्चित ।
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष

विद्यार्थी आन्दोलनमा उल्लेख्य
३शिक्षामा भएको निजीकरण र ब्यापारीकरण विरुद्ध लामो संघर्ष
३ प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरीयता, सबैका लाई गुणस्तरीय शिक्षा जस्ता आन्दोलनको अगुवाइ
३ वहुचर्चित कालापानी मार्चको नेतृत्व
३ सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध
३शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व
३ यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई।

राजनीतिक यात्रा
१. २०४६ सालदेखि राजनीतिमा सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित
७. संविधान सभा २०६४ को सभासद ।
८. २०७० सालको संविधानसभा सदस्य ।
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।
१०.२०७४ को आमनिर्वाचनमा पुनस् तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित
११.नेकपाका केन्द्रीय सदस्य
१२.वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री

कृति प्रकाशन
१. संविधानसभा — लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन् ।

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
पोखरा, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुनेभएको छ ।

कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वािचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन् ।

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले विहीवार बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए ।

मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध
कास्की, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ ।
अध्यक्ष हितराज पाण्डेले बुधबार साँझ जारी गरेको शोक वक्तव्यमा संविधानसभाको विकास समितिको सभापति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा अधिकारीले आफूलाई अग्रणी रूपमा स्थापित गरेको वताइएको छ ।
मन्त्री अधिकारीद्धारा निर्वाह गरेको भूमिका मुलुक तथा विशेषगरी गण्डकी प्रदेशले सधँै सम्झिरहने वक्तव्यमा उल्लेख छ । अधिकारीको निधनबाट पार्टी र देशले एक होनहार सिर्जनशील, लोकप्रिय युवानेता तथा विकासप्रेमी जनप्रतिनिधि गुमाएको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा नेपालको कम्युनिष्ट आन्दोलनमा मन्त्री अधिकारीले पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि तथा उनीहरुको शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width