राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा हुँदै

एजेन्सी
फागुन १४, २०७५

पोखरा, १३ फागुन । राप्रपा केन्द्रीय समितिले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ ।

फागुन १५ देखि ३० गतेसम्म हुने यात्राको सिलसिलामा पोखरामा २८ गते यात्राको तयारी थालिएको छ । राप्रपा कास्कीले सोको पूर्व तयारीको लागि विशेष बैठक सम्पन्न गरेको जनाएको छ ।

राप्रपा जिल्ला अध्यक्ष डा महेन्द्रबहादुर कार्कीको संयोजकत्वमा जिल्ला, क्षेत्रीय, पोखरा महानगरपालिका, गाउँपालिका, वडा तथा इकाइका पदाधिकारी तथा सदस्य रहने गरी मूल स्वागत समिति गठन गरिएको छ ।

स्वागत उपसमिति संयोजक इन्दिरा शाही, आर्थिकमा रवीन्द्रकुमार श्रेष्ठ, प्रचारमा हरिप्रसाद बराल, भोजन तथा आवासमा जगतप्रसाद सुवेदी, युवा तथा स्वयंसेवक परिचालनमा नारायण गुरुङ, जनपरिचालनमा ईश्वरी बैरागी रहेका छन् । उक्त समितिमा जिल्लास्थित केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सदस्यलाई सल्लाहकारमा राखिएको राप्रपा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

    रासस मंसिर १६, २०७९
    पाल्पा । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप…
  • गोरखकाली रबर उद्योग : चिनियाँ टोलीको उद्योग सञ्चालनमा चासो

    प्रकाश ढकाल मंसिर १६, २०७९
    पोखरा । नेपालमा भारत, चीन, इटाली, अमेरिकालगायत देशबाट बढी टायर भित्रिन्छ । बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढी टायर खरिदमा नेपालले…
  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…

hero news full width