हेमजा, १३ फागुन। पोखरा–२५, हेमजामा सम्पन्न भेलाले कृष्णबहादुर खड्काको संयोजकत्वमा हेमजा विकास निर्माण समन्वय समिति गठन गरेको छ।
समितिको सहसंयोजकमा इन्द्रप्रसाद त्रिपाठी, सचिवमा विजय तिमिल्सीना तथा सदस्यमा मनोज कार्की, शंकर त्रिपाठी, नवराज अधिकारी, इन्द्र कुँवर, मदन थापा, रमा त्रिपाठी, दुर्गा तिमिल्सीना र कृष्णमान श्रेष्ठ छन्।
उक्त भेलाले महेन्द्र बास्तोला, दीपेन्द्र बास्तोला, सोमनाथ बास्तोला र प्रविन थापालाई प्राविधिक सल्लाहकारको जिम्मेवारी दिएको छ।त्यस्तै भोजराज पौडेल, शिवकुमार श्रेष्ठ, मधुसुदन त्रिपाठी, दानबहादुर थापा, विश्वराज पौडेल, चिरञ्जीवी अधिकारी, माधवशरण पौडेल, दयाराम बास्तोला र धर्मराज बास्तोलालाई सल्लाहकारमा चयन गरेको छ। उक्त समितिले हेमजाको विकास निर्माणका भएका अनियमितताका बारेमा प्रत्यक्ष निगरानी एवम् खबरदारी गर्ने जनाइएको छ।
भेलालाई सम्बोधन गर्दै तत्कालीन हेमजा गाविस अध्यक्ष धर्मराज बास्तोलाले समितिले हाल हेमजा क्षेत्रमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा बढी निगरानी गर्नुपर्ने आवश्यकता औँल्याए। सडकमा विद्युत् पोल बुर्चे अवस्थामा रहेका, खानेपानी अस्तव्यस्त भएको, सहायक बाटो पनि समस्यामा परेका, नहर तथा कतिपय घर नै धरापमा परेको तर्फ संकेत गर्दै उनले त्यसको समाधानका लागि समितिले पहल गर्ने विश्वास व्यक्त गरे।
नेपाली काँग्रेस हेमजाका संयोजक मधुसुदन त्रिपाठीले लोकमार्गको गुणस्तरमा ख्याल गर्न आग्रह गर्दै सम्बन्धित निकायले गुणस्तर प्रमाणिकरण गर्नुपर्ने बताए।
त्यस अवसरमा नेकपामा वडा संयन्त्र सदस्य माधवशरण पौडेल, विष्णुपादुका क्लब अध्यक्ष कृष्णबहादुर खड्का, हेमजा युनाइटेड अध्यक्ष इन्द्रप्रसाद त्रिपाठी, नागरिक सरोकार समितिका कृष्णबहादुर कुँवर, स्थानीय महेन्द्र बास्तोला, श्रीराम त्रिपाठी, विश्वराज पौडेल, घनश्याम तिम्सिना, कृष्णमान श्रेष्ठ लगायतले पनि भनाइ राखेका थिए।उनीहरुले लोकमार्गमा डिपिआर अनुसार कार्य नभएको, पत्रे तथा बेसारे ढुंगाको प्रयोग गरिएको, डिजाइन फरक गरिएको, नहर, विद्युत्, ढल, खानेपानी व्यवस्थापनमा गञ्जागोल गरेको, कतिपय घर धरापका परेको तथा निर्माण संरचनामा माटो मिसाएको लगायतको गुनासो गरेका छन्।
त्यसैगरी मेलवोटदेखि माछापुच्छ्रे गाउँपालिका जोड्ने हाल स्तरोन्नति कार्य भइरहेको सडकमा पनि थुपै अनियमितता भएको उनीहरुको गुनासो छ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९