पोखरा, १३ फागुन । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार दक्षिण एसियाका सबै देशसँग साँस्कृतिक सम्बन्ध बढाउन आतुर रहेको बताएका छन् ।
नेपालस्थित बंगलादेशको राजदूतावास तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संयुक्त रुपमा आयोजित ‘बंगलादेशको गीत र संगीतको एक साँझ’ नाम साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले साँस्कृतिक कार्यक्रमहरुको आदान प्रदानले मित्रराष्ट्रबीचको सम्बन्धमा न्यानोपन ल्याउने उल्लेख गरे । साँस्कृतिक रुपले धनी गण्डकी प्रदेश छिमेकीसँग साँस्कृतिक सम्बन्ध जोड्न आतुर रहेको उनको भनाई छ । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेको समुपस्थितिमा भएको कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले साँस्कृतिक कार्यक्रममार्फत दुई देशको सम्बन्ध जोड्न भएको प्रयासको प्रशंसा गरे ।
नेपालको निजी क्षेत्र बंगलादेशसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनको भनाई छ । यता गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक समृद्धिको लागि छिमेकीसँगको सहकार्य गण्डकी सरकारको प्राथमिकता रहेको बताइन् ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेपालस्थित बंगलादेशको दूताबासद्धारा पोखरामा आयोजित नेपाल र बंगलादेशबीचको व्यापार र पर्यटनका सम्भावनाबारे गोष्ठीको समुद्घाटन गर्दै उनले पर्यटनलगायतका क्षेत्रमा द्विपक्षीय सम्बन्ध र लगानी बढाउन सकेमा सम्बन्धले पनि नयाँ उचाई लिने उल्लेख गरे ।
नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेले नेपालको निर्यात व्यापार बढाउन प्रतिष्पर्धी क्षमताको विकास हुनुपर्नेमा जोड दिएकी छन् । नेपालबाट आयात हुने दाललगायतका सामानहरुको बंगलादेशमा उच्च माग भएपनि महंगो मूल्य पर्ने बताईन् ।
‘केही वर्षअघिसम्म नेपालबाट बंगलादेशमा दाल निर्यात हुन्थ्यो उनले भनिन् ‘अहिले हामी धेरै टाढाको क्यानडालगायतका मूलुकबाट दाल आयात गर्छौ, नेपालको दाल महंगो भयो, बंगलादेशमा नेपाली दालको माग उच्च छ तर महंगो भएकोले आयात रोकिएको छ,’ उनले भनिन् ।
राजदूत साम्सेले नेपाल सरकार र बंगलादेशबीच केहीअघि भएको विद्युत व्यापार सम्झौताले उर्जा क्षेत्रमा संयुक्त लगानीको सम्भावना बढेको समेत बताइन । बंगलादेशको आर्थिक विकासले नयाँ गति लिएको बताउँदै उनले नेपाल र बंगलादेशले द्विपक्षीय व्यापार बिस्तारका विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गरे । बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या वार्षिक २५ हजारको हाराहारीमा भए पनि आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढेको बंगलादेशबाट धेरैभन्दा धेरै पर्यटक नेपाल आउने सम्भावना रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल र बंगलादेशबीच मानवीय मात्र नभएर प्राकृतिक सम्बन्ध समेत रहेको उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९