लमजुङ, १३ फागुन। सुन्दरबजार नगरपालिकाको नगरपालिका क्षेत्रमा चोरीका घट्न बढन थालेका छन्। इलाका प्रहरी कार्यलयदेखि करिब एक/डेढ सय मिटरको दुरीमा रहेका पसलमा चोरी भएबाट बजारबासीले असुरक्षाको अनुभूति गरेको बताएका छन्।
सुन्दरबजार नगरपलिका– ६ को फिल्महल लाइनमा सञ्चालित सुन्दरबजार हार्डवेयरको सटर फोरेर सोमबार राति नगद चोरी भएको छ । सोही वडाको मिलनचोकमा सञ्चालित न्यूआरजे. मोबाईल पसलको सटरको चापी फुटाली त्यस पसलबाट पनि नगद नै चोरी भएको पीडित पक्षले बताएका छन्। दुवै पसलबाट पाँच हजारको हाराहारीमा नगद चोरी भएको सम्बन्धित पसलका सञ्चालकले बताएका छन्।
‘पैसाको खतिभन्दा पनि चोरी बढेकोमा चिन्ता हो,’ सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष समेत रहेका सुन्दरबजार हार्डवेयरका सञ्चालक जयराम रेग्मीले बताए।
चारदिन अघि विहीवार दिउँसो २ बजेको समयमा फिल्म हल लाइनमै रहेको थापा मेडिकल हलबाट झण्डै चार नगद चोरी भएको थियो। त्यो चारी गर्ने चोर पत्ता नलाग्दै सोमबार थप दुई स्थानमा चोरी हुनुले सुरक्षा चुनौती बढेको पुष्टि गर्दछ, स्थानीय बासिन्दा तथा लमजुङ उधोग बाणिज्य संघ, सुन्दरबजार इकाइ अध्यक्ष सोमबहादुर नेउपानेले भने। उनका अनुसार विगतका वर्षमा पनि हुने गरेका यस्ता चोरीमा संलग्नलाई पक्राउ गर्न नसक्दा यस्ता घट्ना वषेर्नी बढ्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकालले चोरको पहिचान गरी कारबाही दायरामा ल्याउन प्रहरी परिचालन गरी सकेको बताए।
सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले चोरी नियन्त्रणका लागि बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्न जरुरी भएकोले त्यसतर्फ ध्यान दिनु पर्ने बताएका छन्।
गत वर्ष सोही स्थानमा रहेको एभरेष्ट बचत सहकारी सहितका २–३ वटा पसलमा पनि चोरी भएको थियो। त्यस घटनामा संलग्नलाई पनि पक्राउ गर्न नसक्दा यस्ता घटना बढेको सुन्दरबजारबासीले बताएका छन्। स्थानीयबासी समेत रहेकी साना किसान सहकारी संस्थाकी अध्यक्ष सुकमाया गुरुङले हरेक वर्ष हुने चोरीका घटनामा संलग्नलाई पक्रन नसक्दा वषेर्नी यस्ता घटना हुने गरेको बताइन्।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९