भद्रपुर, १२ फागुन । झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनबढी पशु—चौपाय मरेका छन् ।
गोठमा बाँधिएका र चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी र बाख्रालाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् ।
भद्रपुर—३ का सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाय मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टाराईले बताए ।
मङ्गलबारे क्षेत्रमा रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ । पशु तथा मानिसलाई मर्नबाट बचाउन रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको प्राविधिक भट्टाराईले बताए । सो क्षेत्रमा मानिस र चौपाय गरी १४ वटा रेबिज विरुद्धको खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा पशुपति ढुङ्गानाले निःशुल्क खोप उपलब्ध गराएको बताए । कुनै पनि जनावर मार्न नपाइने अन्तराष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजनन्दर घटाउन भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडकमा हिँड्ने कुकुरको बन्ध्याकरण गरी सङ्ख्या घटाए पनि घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप नलागाई पाल्ने हुँदा यस्तो समस्या आएको बताए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९