लमजुङ, १२ फागुन । हिमाली पारीको जिल्ला मनाङमा परेको हिउँ पग्लिन सकेको छैन । तर यहाँका विद्यालय हिउँमै खुल्न थालेका छन् ।
मनाङमा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । त्योसँगै मनाङका विद्यालय खुल्न थालेका हुन् । नासों गाउँपालिका– ५ थोंचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पदमराज पन्थीले फागुन १ गतेबाट विद्यालय सञ्चालनमा आएकोे पन्थीले बताए । मनाङको सदरमुकाम चामेस्थित लोकप्रिय माविमा भने माघ २० गतेदेखि नै पठनपाठन सुरु गरिएको प्रधानाध्यपक सुरेश थापाले जानकारी दिए । उनका अनुसार आवसीय विद्यालयको रुपमा सञ्चालन गरिएको उक्त विद्यालयमा २ सय ६१ जना विद्यार्थी छन् ।
चामे गाउँपालिका– १ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले हिमपातका बीच पठनपाठन शुरु गरिएको जानकारी दिए । उनका अनुसार हिउँ परे पनि विद्यालयमा पढाई प्रभावित हुने अवस्था भने छैन ।
मनाङमा चार गाउँपालिका छन् । तल्लो क्षेत्रमा पर्नेे नासों गाउँपालिका र बीचको चामे गाउँपालिकाका विद्यालयले पठनपाठन थालेका हुन् ।
माथिल्लो भेगको मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने फागुन १६ पछि खुल्ने भएको शिक्षा इकाई मनाङले जनाएको छ । चामे र नासो गाउँपालिका विद्यालयहरुले हिउँका वीच पनि पढाई सुरु गरेका छन् । विद्यालय खुलेसँगै भर्ना अभियान पनि सञ्चालन गरिएको शिक्षकहरूले बताए । जाडो छल्न काठमाडौं र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै गाउँमा फर्केका छन् । वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न शहर झरेका थिए ।
नासों गाउँपालिका– १ तालमा रहेको भानु माविका शिक्षक सिंहबहादुर गुरुङका अनुसार विद्यालय खुलेसँगै विद्यार्थी भर्ना हुन थालेका छन् ।
मनाङको तल्लो क्षेत्रको चामे नासों गाउँपालिकाका १५ वटा विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख खुलानाथ गौतमले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ वटा विद्यालयमा भने पठनपाठन शुरु भएको छैन । ती विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन सुरु हुने कार्यक्रम छ ।
मनाङमा २६ वटा सामुदायिक विद्यालय छन् । यसमा कक्षा १२ सम्म पढाई हुने २ वटा मावि र कक्षा १० सम्म पढाई हुने २ वटा मावि छन् । बाँकी आधारभूत विद्यालयहरु रहेको गौतमले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९