पत्रकार सम्मेलनमा सांसद केसीका साथमा स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला। तस्वीरः प्रकाश ढकाल
पत्रकार सम्मेलनमा सांसद केसीका साथमा स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला। तस्वीरः प्रकाश ढकाल
पोखरा, ८ फागुन । प्रतिनिधिसभा सदस्य तथा उद्योगपति सूर्यबहादुर केसीले मन्त्रिमण्डल हेरफेर गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
पोखरामा बुधबार पत्रकारसँग कुरा गर्दै उनले मन्त्रिपरिषद्मा भएका केही मन्त्रीहरुका कारण वर्तमान सरकारको जनमत कमजोर बनेको भन्दै गलत मनसायका मन्त्रीहरु हेरफेर गर्न सुझाव दिएका हुन् । ‘ओलिजीको क्याबिनेटमा केही राम्रा मान्छेहरु पनि छन् । तर धमिलो पानीमा माछा मार्नेहरु धेरै भए,’ उनले भने, ‘त्यस्तै व्यक्तिहरुका कारण वहाँको गरिमा र भावनामा आँच आउने काम भएको छ । अब त्यस्ता व्यक्ति फिल्टर गर्ने बेला भो । विचार गरिबक्सियोस् ।’
उनले घुमाउँरो पारामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई राजीनामा दिन आग्रह गरे । ‘मेरो अत्यन्तै आदरणीय भाइ हुनुहुन्छ रवीन्द्रजी । तर वाईडबडीमा भएको भ्रष्टाचारका धेरै कुरा बाहिरिएका छन्,’ उनी भन्छन्, ‘यो अवस्थामा रवीन्द्रजी बाहिर बसेर सरकारलाई सहयोग गर्नुपर्छ ।’
अर्को प्रसंगमा सांसद केसीले सरकार पञ्चायतकालमा भन्दा पनि निरंकुश भएको टिप्पणी गरे । पशुपति शर्माको गीत यूट्युवमा आएपछि विभिन्न धम्की दिएर हटाउन लगाएको भन्दै उनले यस्तो घटना पञ्चायतकालमा पनि नभएको बताए।
सरकारको दुईतिहाइको दम्भले न्यायिक सर्वोच्चता हनन भएको, शैक्षिक सुधार आउन नसकेको, स्वास्थ्य क्षेत्र जटिल बन्दै गएको सांसद केसीको भनाइ थियो । उनले सरकारलाई प्रभावमा पारेर निजी क्षेत्रको कलेजमाथि प्रभाव पार्ने काम भएको बताए ।
नेपाल इञ्जिनियरिङ कलेजभित्रको भ्रष्टाचार काण्डमा चाहीँ आफू नमुछिएको जिकिर गरे । नेकपाले कलेज कब्जा गर्ने नियत राखेका कारण आफूले त्यसको विरोध गर्दा उल्टै भ्रष्टाचारसँग जोडेर चरित्रहत्या गर्न लागेको उनको भनाइ छ ।
उनले पूर्व मन्त्री हरि पाण्डेले आफूलाई बदनाम गराउने नियतका साथ समाचारवाजी गरेको आरोप लगाए । ‘१७ वर्षमा ३८ करोड नोक्सानमा थियो कलेज । हरि पाण्डेजीले नेताका छोराछोरी पढाउने ठेक्का लिनुभएछ । वहाँ कलेजलाई नेकपाको अखडा बनाउन लागिपर्नुभयो,’ केसी भन्छन्, ‘मैले त्यसको विरोध गरेँ । त्यसकै रिस साँध्न अनावश्यक आरोप लगाएका हुन् ।’ घटनाबारे स्पष्ट छानबिन गर्न केसीको माग छ । दोषी भए कारबाही भोग्न तयार रहेको उनले बताए । उनको नाम जोडेर केही समयदेखि सञ्चारमाध्यममा समाचार आइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९