पर्वत, १२ फागुन । कुश्मा–बलेवा यान्त्रिक पुल मर्मत गर्न बन्द गरिएको छ । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका–१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक ५०० सर्वसाधारण आवातजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक÷एक वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गरिएको हो ।
लठ्ठामा समस्या देखिएपछि जोखिम उठाउनुभन्दा बन्द गरेर मर्मत गर्न लागिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका सञ्चालक केदारनाथ शर्माले जानकारी दिए । पुल मर्मत गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान छ । भारतबाट सोमबारसम्ममा प्राविधिक आइपुग्ने र मर्मतको काम थाल्ने योजना रहेको छ ।
यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारण एक घण्टाको घुमाउँरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गेपुलको प्रयोग गरी आवातजावत गर्न बाध्य भएका छन् । यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । यो पुल कुश्मा–बलेवा यान्त्रिक पुल विसं २०६८ मा करीब चार करोडको लागतमा बनाइएको हो । एक डब्बामा एक पटकमा आठ गरी दुईमा १६ मानिस जाउआउ गर्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९