दमौली, ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षे अवधिमा सरकारले गरेका कामको बारेमा मूल्याङ्कन गर्न नमिल्ने बताएका छन् ।
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञको शनिवार उद्घाटन गर्दै शून्य अवस्थाबाट प्रदेश सरकार सञ्चालन र ऐन कानून बनाउन समय खर्च भएकाले अवका दिनमा बिकास दूर्त गतिमा अगाडि वढ्छ ।
विकास निर्माणका काममा ढिलाइ भएको स्वीकार गर्दै मुख्यमन्त्री गुरुङले अबका वर्षमा विकासले गति लिने विश्वास व्यक्त गरे । विकासको जग बसालेका छौ, अवका पाँच बर्षमा विकासको गति तिव्र रुपमा अगाडि वढ्छ ।
अबका चार वर्षभित्र प्रदेश समृद्धिको बाटोमा अघि बढ्ने उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने खालका विकासका काम सञ्चालन हुने आश्वासन दिए । शिक्षामा निजी क्षेत्रको प्रवेशले शिक्षा नै विभाजित भएकाले शिक्षामा भएको असमानता र विभेद हटाउन आवश्यक रहेको उनले बताए । नेपालका शैक्षिक संघसंस्था बेरोजगार उत्पादन गर्ने केन्द्र बनेकाले अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनु पर्नेमा उनको जोड छ ।
प्रदेशसभा सदस्य आशा कोइराला, रोशन गाहामगर, डोवाटे विश्वकर्मा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, प्रदेशका मुख्यसचिव लक्ष्मीराम पौडेललगायतले सामुदायिक विद्यालयको उन्नतिका लागि समुदायको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित शुरु भएको महायज्ञ यही फागुन १९ गतेसम्म सञ्चालन हुने र महायज्ञमा बालयोगेश्वर महाराजले कथावाचन गर्ने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१