आहारारा गोल्डकप शेर्पाको जितमा गुरुङको निर्णायक गोल

आदर्श समाज संवाददाता
फागुन १०, २०७५
p0000


पोखरा, १० फागुन । पोखरामा जारी आहा रारा गोल्ड कपमा धरान फुटबल क्लबलाई १—० ले हराउदै हिमालयन शेर्पा विजय सुरुवात गरेको छ ।

जितका लागि हिमालयन शेर्पाले ७८ मिनेटमा त्रिदेव गुरुङको गोल नै निर्णायक वन्न पुगेको हो । शेर्पाले गोल गर्नुअघि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । तर फ्रिकिकलाई धरानका डिफेन्सले क्लियर गरेको बललाई स्टपर उलरिच सेवाईले प्याट्रिक प्रिभाट गोहालाई उपलब्ध गराएका थिए । गोहाको क्रसपासलाई गुरुङले उत्कृष्ठ डाईभिङ हेड गर्दै गोल गरेपछि धरानले पोखरा यात्रा विट मार्न पुग्यो । खेलमा दुवैले आक्रमणको रणनीति बनाउँदै ४५ मिनेटलाई टुंग्याए ।

हिमालयन शेर्पाले पहिलो कर्नर पायो । खेलको १० औं मिनेटमा पाएको कर्नरलाई कमल थापाले हानेका थिए । तर धरानका गोलकिपर विनय श्रेष्ठले पन्च गर्दै क्लियर गरिदिए । त्यसपछिको समय दुवै टोलीका गोलकिपरले निकै फुर्स्दिलो समय बिताए ।

दोस्रो हाफमा भने केही उत्साह देखियो । दुवै टोलीले गोलको लागि मुभ बनाए । तर गोल भने हिमालयन शेर्पाले निकाल्यो । ५८ औं मिनेटमा धरानले कर्नर पाएको थियो । त्यसलगत्तै पाएको फ्रिकिकलाई समेत फोफाना द्रहिमाले शेर्पाको गोलकिपर किशोर गिरीको हातमै पर्यो । ६६ औं मिनेटमा गिल्सन लिम्बुको क्रस सटपासलाई होचा कदका अफ्रिकन खेलाडी फोफानाले हानेको पावर सटलाई बचाउ गर्दै शेर्पाली खेलाडीको उर्जा जोगाईराखे ।

खेलमा निर्णायाक गोल गरेका त्रिदेव गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप थापे ।सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन सञ्चालित १७ औं सस्करणको आहा रारा गोल्डकपको पहिलो प्रिक्वार्टर फाईनल खेल मनाङ मस्र्याङ्दीले सहारा क्लबलाई पराजित गरेको शसस्त्र प्रहरी बल(एपीएफ)सँग प्रतिस्पर्धा गर्ने छ ।

Related News

सम्बन्धित समाचार

  • साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि चकनाचूर भएको छ । साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै…
  • आरएस र चरी सुशान फाइनलमा

    आदर्श समाज सम्वाददाता कार्तिक १३, २०८१
    पोखरा । आरएस बिच क्लब आयोजनामा हेमजास्थित अम्मटमा जारी आरएस बिच एण्ड फिस फेस्टिबल–२०८१ मा फुटबलतर्फ उपाधिका लागि आरएस क्लब…
  • शेर्पा एडभेञ्चर गियरलाई गल्फ उपाधि

    आदर्श समाज सम्वाददाता कार्तिक १३, २०८१
    काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको…
  • राइजिङ पोखरा क्रिकेट च्याम्पियन

    आदर्श समाज सम्वाददाता कार्तिक १२, २०८१
    पोखरा । राइजिङ पोखरा क्रिकेट क्लब कास्की एकदिवसीय क्रिकेटमा च्याम्पियन भएको छ । ओपनर व्याट्सम्यान अनिल गुरुङले ११९ बलमा ८…
  • भारतलाई हराउँदै नेपाल फाइनलमा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०८१
    पोखरा । भारतको चुनौती टाइब्रेकरमा ४–२ ले पन्छाउँदै नेपाल अन्ततः साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गर्न सफल भएको…

hero news full width