स्वतन्त्रका जिल्ला अधिवेशनको तयारी तीव्र

आदर्श समाज संवाददाता
फागुन १०, २०७५
photo e


पोखरा, १० फागुन । स्वतन्त्र पत्रकार संघ नेपालको संगठन विस्तारले गति लिएको छ । संगठन विस्तारको क्रममा पुराना जिल्ला शाखाहरूको अधिवेशन गर्ने र नयाँ शाखा विस्तार गर्ने क्रम तीव्र पारिएको छ ।

‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने शुद्धीकरण अभियानका साथ अघि बढी रहेको संघ सुदुरपश्चिममा शाखा विस्तार तथा जिल्ला शाखाहरूको अधिवेशनको तयारीमा जुटेको हो । उक्त कार्यका लागि संघका राष्ट्रिय पदाधिकारीहरूले तुफानी भ्रमण गर्ने भएका छन् । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा एक टोली त्यसतर्फ जाने भएको छ ।

कञ्चनपुरमा फागुन १६ गते जिल्ला भेला गरी शाखा विस्तार गरिने भएको छ । यसैगरी, फागुन १७ गते कैलालीमा शाखा विस्तारका लागि स्वतन्त्र पत्रकारहरूको भेला हुने कार्यक्रम तय छ । त्यस्तै, १८ गते बर्दियामा पनि शाखा विस्तारको कार्य हुने संघका महासचिव नवराज पहाडीले बताएका छन् । उनका अनुसार कञ्चनपुरमा पुष्कर भट्टले त्यस कार्यमा संयोजन गरिरहेका छन् भने कैलालीमा पाण्डव पुजाराले भेलाको व्यवस्थापन कार्य गरिरहेका छन् । वर्दियामा बाँके शाखाका अध्यक्ष नमस्कार शाहको संयोजनमा शाखा विस्तारको कार्य भइरहेको छ ।

सो टोलीमा संघका राष्ट्रिय अध्यक्ष बास्तोला, महासचिव नवराज पहाडी, उपमहासचिव राजेन्द्र रायमाझी, कोषाध्यक्ष वीरेन्द्र पाण्डे, राष्ट्रिय पार्षद डिआरजी सुमन सहितको टोली त्यसतर्फ जाने भएको हो ।
संघका हालसम्म १७ वटा जिल्लामा शाखा स्थापना भइसकेका छन् ।

संघको बाँके जिल्ला शाखाको अधिवेशन फागुन १८ गते हुने भएको छ भने फागुन १९ गते दाङ शाखाको जिल्ला अधिवेशनको तयारी गरिएको छ । त्यस्तै फागुन २० गते कपिलवस्तु शाखाको जिल्ला अधिवेशन हुने कार्यक्रम छ ।

संघको राष्ट्रिय समितिले चैत १५ गते भित्र जिल्ला अधिवेशन सक्नका लागि जिल्ला शाखालाई निर्देशन दिएको छ । यसअघि अर्घाखाँची शाखा, रुपन्देही शाखा र पाल्पा शाखाका जिल्ला अधिवेशन सम्पन्न भई सकेका छन् ।

यसैवीच, नवलपुर शाखाले चैत ११ देखि साताव्यापी समाचार लेखन तथा उद्घोषण तालिमको तयारीगरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आज गुरुपूर्णिमा पर्व मनाइँदै

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । गुरुपूर्णिमा पर्व आइतबार (आज) मनाइँदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य,…
  • ‘मनसुन फोटो वाक’ मा पत्रकार

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक–२०२४ गरेको छ । शनिबार पोखरा १६, अमला बिसौनीदेखि फोटो खिच्दै…
  • पहिरोपीडितलाई युनाइटेडको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा ३२ चैनपुर, पोखरा २७…
  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…

hero news full width