काठमाडौँ , १० फागुन । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ ।
थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको शुक्रवारको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधित्र १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ तथा सरिता रानामगरले छ रन बनाइन् । यसअघि युएईले टस जितेर पहिले ब्याटिङ गर्दै १७.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाएको थियो ।
यूएइका लागि चामानी रोसहिनीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्कको रन जोडन् सकेनन् । युएइलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले चार विकेट लिईन् । यस्तै सीता रानामगर, सोनु खड्का र कृष्णा कुँवरले समान दुई÷दुई विकेट लिए । जितसँगै नेपालले तीन खेलबाट एकमा हार र दुईमा जीत निकाल्दै चार अङ्क बनाएको छ । युएइको पनि समान चार अङ्क नै छ ।
छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । उसले तीन खेलबाट छ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।नेपालले अर्को खेल फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा खेल्नेछ ।
एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
hero news full width
मुख्य समाचार
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९सेती उत्खनन् रोक्न अन्तरिम आदेश
चैत्र ८, २०७९मध्यपहाडीको मार : रुट फेर्न वडा कार्यालयमा ताला
चैत्र ८, २०७९