१७ औं संस्करणको आहा रारा गोल्डकप शुरु

आयोजक सहारा उद्घाटन खेलबाटै बाहिरियो

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७५
football

पोखरा, ९ फागुन । आयोजक सहारा क्लब पोखरामा शुरु १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट बाहिरिएको छ । पोखरा रंगशलामा विहिबारदेखि शुरु उद्घाटन खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफसँग सडेन डेथमा हारेपछि आयोजक सहारा क्लब प्रतियोगिताबाट बाहिरियो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा पनि दुबै टोलीको समान १–१ गोल र टाइब्रेकरमा ४–४ गोल भएपछि सडेन डेथमा जितहारको छिनोफानो भएको थियो । सडेन डेथमा एपीएफका कीपर रोमन रसाइली नायक बने । रोमनले सहाराको गोविन्द देवकोटालाई रोकेपछि एपीएफ विजयी बनेको थियो ।

अतिरिक्त समयको अन्तिम तीन मिनेटमा पहिलो रोजाइका गोलकीपर अमृत चौधरीको सट्टा मैदान छिरेका रोमनले आयोजक सहाराको दुईवटा टाइब्रेकरलाई रोक्न सफल भए । रोमनले यसअघि सहाराको शुशील लामाको टाइब्रेकर सुटलाई समेत रोकेका थिए । यता, सहाराका कीपर लक्कीकुमार कार्कीले भने एपीएफका कीपर रोमनको टाइब्र्रेकर सुटलार्ई मात्रै रोक्न सफल भए ।

टाइब्रेकर सुटमा एपीएफको तर्फबाट सुदिप सिख्राकार, आशिश लामा, सन्तोष कटुवाल, बिकी लामा र बुद्धिमान राईले गोल गर्न सफल रहे । सहाराको टाइब्रेकरमा अनिल गुरुङ, सहिद अनिफोवोसे, पदम भट्टराई र बिष्णु गुरुङले गोल गरे ।

उद्घाटन खेलमा सहारा क्लबले गोलको खाता खोलेको थियो । खेलको १७ औं मिनेटमा सहाराका बिनोद गुरुङले टिमका लागि प्रतियोगिताकै पहिलो गोल गरे । टोलीका रमेश मगरले क्रस गरेको बललाई विपक्षी एपीएफका डिफेण्डर रमेश डङ्गोलले क्लियर गर्न नसकेपछि बिनोदले फष्ट बार च्याप्दै इजी गोल गरेका थिए ।

सहाराले गोलको खाता खोल्न नपाउँदै एक मिनेटभित्र एपीएफले जवाफी गोल फर्कायो र खेललाई १–१ को बराबरीमा पु¥यायो । खेलको १८ औं मिनेटमा एपीएफका आशिष लामाले जवाफी गोल फर्काएका हुन् । सहाराको बिनोदले गोल गरेपछि एपीएफले सेन्टरबाट चलाएको बललाई एपीएफका खेलाडीहरुले पास खेल्दै आशिषले गोल गरेका थिए ।

उद्घाटन खेलमा आयोजक सहारा र विभागीय एपीएफले प्राप्त अवसरहरुलाई सदुपयोग गर्न सकेन । एपीएफको तुलनामा आयोजक सहाराले प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसकेको सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले बताए । एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले टोलीले कठिन जित निकालेको प्रतिक्रिया दिए । प्रतियोगिताको आगामी खेलहरुमा टोलीले सुधारात्मक प्रदर्शन गर्ने महर्जनको भनाई थियो ।

विभागीय एपीएफका बुद्धिमान राई प्रतियोगिताको म्यान अफ दि म्याच बने । सहारा एफसी युकेका अध्यक्ष कृष्ण गुरुङ र सहारा युके पोखरा मञ्चका सदस्य मनप्रसाद गुरुङले म्यान अफ दि म्याच राईलाई नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

उक्तअवसरमा सहारा क्लबले उत्कृष्ठ खेलाडीका रुपमा पूर्व राष्ट्रिय गोलकिपर किरण चेम्जोङलाई नगद ३५ हजारसहित सम्मानपत्रद्धारा सम्मान ग¥यो । संस्कृति, नागरिक तथा उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले चेम्जोङलाई सम्मान गरेका हुन् ।

सहारा क्लबले एन्फा कास्कीलाई फुटबल मैदान मर्मत गरेको भन्दै दुई लाख प्रदान ग¥यो । सहारा क्लब अध्यक्ष केशवबहादुर थापाले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई दुई लाख बराबरको चेक हस्तान्तरण गरे ।

शुक्रबार प्रतियोगिताको अन्तिम प्रिक्वार्टरफाइनल खेल हिमालयन शेर्पा र धरान फुटबल क्लबबीच हुने आयोजक सहारा क्लबले बताएको छ ।

नारायण शाही

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width