भरतपुरकी उपप्रमुखलाई धम्की

आदर्श समाज संवाददाता
फागुन ९, २०७५
Bharatpur-mahanagarpalika


चितवन, ९ फागुन । चितवन जिल्ला स्थित भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीलाई ज्यान मर्ने धम्की दिइएको छ ।

उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जाल मार्फत धम्कीपूर्ण सन्देश पठाएको उनले बताएकी छन् । ठकुरी नेपाली काँग्रेसको तर्फवाट निर्वाचत हुन् । उक्त धम्की प्रति नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले एक विज्ञप्ति प्रकाशित गर्दै आपत्ति प्रकट गरेका छन् ।

विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण गरिएको छ । कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न नगराउन समेत विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गर्दै आगामी दिनमा यस्ता घटना नदोहो¥याउन विज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • सरकारले राम्रो काम गरिरहेको छ : देउवा

    रासस कार्तिक १७, २०८१
    भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम…
  • ‘प्रकृति र संस्कृति पर्यटनको आधार’

    आदर्श समाज सम्वाददाता कार्तिक १५, २०८१
    पोखरा । एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताएका छन् । एमाले…
  • तथ्य र प्रमाण आधारमा अनुसन्धान हुन्छ : गृहमन्त्री

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार सम्बन्धमा व्यक्तिको मुख हेरेरभन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान हुने स्पष्ट पारेका छन्…
  • एमाले पोखरा ७ को शुभकामना

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । एमाले पोखरा ७ ले चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा…
  • ‘जोसुकै भए पनि छुट दिनु हुँदैन’

    आदर्श समाज सम्वाददाता कार्तिक १२, २०८१
    पोखरा । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहकारीको नाममा ठूलो लुटको धन्दा रहेको हुँदा जोसुकै भए…

hero news full width