हेमजा, ६ फागुन। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर तथा एनआईसी एशिया बैकको संयुक्त आयोजनामा सोमवार भएको रक्तदान कार्यक्रममा कुल ५१ युनिट रगत संकलन भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ६९ औं प्रजातन्त्र दिवसको अवसरमा पृथ्वीनारायण क्याम्पस गेट अगाडि रक्तदान कार्यक्रम गरिएको हो।
प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले रक्तदानको महत्व रहेको औँल्याए । उनले कास्कीका सामुदायिक सेवा केन्द्रले निःस्वार्थ सामाजिक उत्तरदायित्व एवं जिम्मेवारी बहन गर्दै आएको बताए। पोखरा–१ वडाध्यक्ष शारदाकुमारी पराजुलीले रक्तदान गर्नु सबैभन्दा ठूलो धर्म भएको स्पष्ट पार्दै मानव सहयोगमा सदैव अग्रसर रहन सबैमा आग्रह गरिन्। केन्द्रका कार्यसमिति सदस्य मेघनाथ काफ्लेको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुरुङले पहिलो रक्तदाता वडा प्रहरी कार्यालय बगर प्रमुख दीपक थापालाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।
एनआईसी एशिया बैकका क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जस्तो सामाजिक संस्थासँग मिलेर काम गर्न पाउदा खुसी लागेको बताउँदै रक्तदान जस्तो पुण्यकार्यमा सहभागी रक्तदाताले पीडितलाई नयाँ संसार दिने कार्य गरेको भनाइ राखेका थिए। केन्द्रका अध्यक्ष मनपति भण्डारीको अध्यक्षता भएको उक्त कार्यक्रम सचिव कल्पना आचार्य बास्तोलाले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९