लमजुङ, ५ फागुन। यस वर्षको प्रदेशस्तरीय क्यान इन्फोटेक– २०१९ को सात दिने मेला पोखरामा हुने भएको छ। कम्प्युटर एशोसिएसन नेपाल(क्यान) महासंघ कास्कीले लमजुङको सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट गरी यस्तो जानकारी दिइएको हो।
कम्प्युटर एशोसिएसन नेपाल(क्यान) महासंघ कास्कीका सचिव विकास भुतेर्लले फागुन फागुनको तेस्रो साता पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा उक्त मेला हुने जानकारी दिए। सूचना प्रविधिको विकास एवं प्रवद्र्धन, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्य सहित इन्फोटेक गर्न लागिएको हो।
दसौं संस्करणको प्रदेश स्तरीय ‘भायानेट क्यान इन्फोटेक– २०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’ को आयोजना गर्न लागिएको हो, भुतेर्लल भने।
इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर रहेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए।
उनका अनुसार आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरूको प्रदर्शनी एवं बिक्री वितरण गरिने आयोजकको भनाई छ।
मेलाबाट भएको आम्दानी अर्थात बचत रकम विगत वर्षमा जस्तै सूचना तथा प्रविधिको विकासमा खर्चिने जानकारी दिदै सो मेला सफल बनाउन विभिन्न २६ उपसमितिहरूको गठन गरिएको छ।
कार्यक्रममा पत्रकारले राखेको जिज्ञासाका बारेमा क्यान इन्फोटेक गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले जवाफ दिएका थिए। उनका अनुसार सो मेलामा २१ लाख खर्च हुने र २५ लाख आम्दानी गर्ने योजना रहेको जानकारी दिइएको थियो।
गण्डकी प्रदेशका अध्यक्ष पत्रकारहरू र विद्यार्थीका लागि निःशुल्क प्रवेशको प्रवन्ध गरिएको बताइएको छ।
क्यान लमजुङका अध्यक्ष रुपेश खतिवडाको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको क्यान लमजुङका पूर्वजिल्ला अध्यक्ष श्रीकृष्ण लामिछानेले बताए। आयोजक टिमले तनहुँमा पनि पत्रकार सम्मेलन गरेको जानकारी दिएको छ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९