पोखरा, ४ फागुन। नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीद्वारा दृष्टिविहीन व्यक्ति तथा उनीहरुका अभिभावकका लागि दृष्टिविहीनको अगुवाइमा गठित दृष्टिविहीन नमूना बचत समूहको ११ औ साधारण सभा शनिबार सम्पन्न भयो।
प्रमुख अतिथि दृष्टिविहीन कल्याण संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले दृष्टिविहीनको समग्र सहजता र प्रगतिका लागि हातमा हात काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने बताए।
साधारण सभामा समूहका सदस्य दण्डपाणि ढकाल, कोषाध्यक्ष नवीन भट्टराई, सचिव कुमार पुन, नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीका सह–कोषाध्यक्ष गिरधारी सुवेदी, सचिव टेकमान प्रधानाङ्ग, नेत्रहीन संघ कास्कीका कोषाध्यक्ष अमृत बराल, सचिव शोभा पौडेल लगायतले मन्तव्य राखेका थिए।
समूह अध्यक्ष विन्दुमाया आलेले दृष्टिविहीन व्यक्तिहरुको आर्थिक सशक्तीकरण र व्यवहारिक सरलताका लागि ११ वर्ष पहिले गठित समूहमा १ सयभन्दा बढी दृष्टिविहीन तथा उनीहरुका अभिभावकहरु समूहमा आवद्ध भई आर्थिक कारोबार गरिरहेका जानकारी दिइन्।
उनले आफ्नो समूहलाई स्थानीय तथा प्रदेश तहले समेत सघाउनुपर्ने कुरामा जोड दिएको जानकारी सञ्चारकर्मी श्रीकान्त सापकोटाले दिए।
Related News
सम्बन्धित समाचार
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी
उद्योग वाणिज्य महासंघ चुनाव : पोखराका अञ्जन श्रेष्ठको टिम घोषणा
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९