पोेखरा, ४ फागुन । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले जनताका अपेक्षा पुरा गर्न तीन तहका सरकारले उपलब्धिपूर्ण काम गर्नुको बिकल्प नरहेको बताएका छन् ।
ऐन कानून बनेन भनेर जनताले कति समय कुर्ने, संविधानलाई सीरमा राखेर काम गर्न कुन ऐनले रोक्छ ? गण्डकी प्रदेश सरकारले एक बर्षे कार्यकाल पुरा गरेको अवसरमा शनिवार आयोजित वार्षिक समारोहलाई सम्वोधन गर्दै प्रदेश प्रमुख कुँवरले भने—जनताको प्रतिनिधि आफैले नगरेको कामका निम्ती दोष कसलाई दिन ?
जनताका चाहना र अपेक्षा धेरै छन्, जनताबाट चुनिएका प्रतिनिधि साना व्यक्ति हैनन, उनीहरुले जनताको काम नगरे कस्ले गर्ने, संघीय र प्रदेशका ऐन कानून बाझिए भनेर कति समय जनताले कुर्ने, कि त जनतालाई यति समय कुर भन्नु प¥यो, विकास निर्माण नै नगरी बस्न त भएन नि ? प्रश्न गर्दै प्रदेश प्रमुख कुँवरले भने —केन्द्रिकृत शासन व्यवस्थावाट आफ्ना अधिकार पुरा नभएपछि जनताले परिवर्तन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका हुन, अव पनि यो वा त्यो वहानामा विकास गर्न सकेनौ भन्न हामीले मिल्दैन ।
लोकतान्त्रिक गणतन्त्र प्राप्तिसँगै ६ बर्ष लगाएर संविधान निर्माण ग¥यौ, संविधान कार्यन्वयनसँगै तीन तहको निर्वाचन भयो, सरकार गठन गरेको पनि एक बर्ष पुग्यो, समृद्धि र सुखी नेपाली वनाउन जनप्रतिनिधिले उपलब्धीमुलक काम गनै पर्छ,संघीय लोकतान्त्रिक व्यवस्थावाट जनताका अपेक्षा पुरा गर्न सकेनौ भने वर्तमान व्यवस्थाको विकल्प के हुने ? कुँवरको प्रश्न थियो ।
समयको महत्वलाई बुझेर तीन तहका सरकारले प्रतिस्पर्धात्मक रुपमा विकास निर्माणका काम गर्न जरुरी छ, जनताका चाहना समृद्धि, विकास, शान्ति सुरक्षा, स्वच्छ निश्पक्ष न्यायपालिका, मानव अधिकार, स्वतन्त्र प्रेसका लागि लोकतन्त्र चाहिएको हो, तर हामीले जनताको अपेक्षा अनुसार काम गर्न सकेका छैनौ, प्रदेश प्रमुख कुँवरले भने— अव विकासमा ढिला गर्न हुदैन, तरक्की ल्याउने गरी विकास निर्माण र उपलब्धि हासिल गर्न जरुरी छ ।
हरेक जनप्रतिनिधिले संविधान पढौ र संविधान अनुसार काम गरौ, कस्ले रोक्छ, पछि आउने एने नियम पनि संविधान हनुसारकै हुन्, यो वा त्यो बहाना देखाएर जनतावाट पन्छिने काम प्रदेश सरकार र स्थानीय सरकाले गर्नु हुदैन, उनले भने —जनताका नाउमा हामीले सपथ लिएका छौ, तर उनीहरुकै सेवामा समर्पित हुन आवश्यक छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले सरकार संघीयता कार्यान्वयनमै छौ, संसारका राष्ट्रहरुमा संघीयता कार्यान्वयन गर्दा अनेकौ झै झगडा र विवाद भएका छन् तर नेपालमा त्यस्तो विवाद छैन, संघीयता कार्यान्वयन सहज रुपमा अगाडि वढेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारवीच समन्वय गरेर अगाडि वढ्नुको विकल्प छैन, संघीय कानून वनेपछि प्रदेशमा विकास तीव्र गतीमा अगाडि वढ्छ, गण्डकी प्रदेशको विकास र समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि वढ्न आवश्यक छ, मुख्यमन्त्री गुरुङले भने—ऐन कानून वन्न ढीला हुदा संघ र प्रदेशवीच समयसमयमा तातो वहस पनि हुने गरेका छन् । एक बर्षमा जुन गतीमा काम हुनु पर्ने थियो त्यो गण्डकी प्रदेश सरकारवाट हुन नसकेको स्वीकार गर्दै मुख्यमन्त्री गुरुङले भने—सवै मन्त्रालय र स्थानीय तहका जनप्रतिनिधिले जनताको हितमा र समयको महतव बुझेर विकास निर्माण र समृद्धिका पक्षमा काम गर्न जररी छ ।
गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले राजनीतिक स्थिरतासँगै संविधानको ऐन कानून बाझिदा समृद्धि र विकास त दिन सकेनौ, तर सहज रुपमा सुधार गर्न सक्ने जनताका आधारभूत आवश्यकता, शान्ति सुरक्षा, भ्रष्टाचार,मंहंगी, मानवअधिकार, प्रेस स्वतन्त्रता जस्ता कुरा समेत पुरा हुन नसक्नु विडम्वना हो ।
प्रधानमन्त्रीले केपीले विकास निर्माणका ठूलाठुला कुरा गर्ने तर कार्यान्वयन पक्ष सुन्य छ, नेता नेपालीले भने —दुई तिहाईको सरकारलाई जनताको पक्षमा काम गर्न कस्ले रोकेको छ ।
उद्योग व्यवसायी संजीव वहादुर कोइरालाले एक बर्षको समयमा गण्डकी प्रदेश सरकारले प्रभावकारी काम र ग्रार्मिण क्षेत्रका जनतासँग पुग्न नसकेको वताए । उक्त अवसरमा तनहुँको म्याग्दे गाउापालिकाकी अध्यक्ष माया रानाले गाँउका सडक नाला भत्केर लथालिङ्ग ती सडक निर्माण गर्न कसैले चासो नदिएको वताइन् ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
कांग्रेसको निर्णय : प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभागी हुने
hero news full width
मुख्य समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण ‘कमिङ सून’
चैत्र ५, २०७९आविष्कारमा अब्बल अभिनाश
चैत्र ४, २०७९