पोखरा, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा रहँदा शेर हुनेहरूलाई महाअभियोग लगाएर बिरालो बनाउने बताएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस काण्डको स्टिङ अपरेसन गर्ने समूहका व्यक्तिलाई भेटेपछि प्रधानमन्त्री ओलीले विहीवार महाअभियोगको प्रसङ्ग ल्याएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ करिब दुई घण्टा भएको भेटमा अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले ‘शेर बिरालो हुन समय नलाग्ने’ बताए।
लोकमानसिंह कस्तो शेरजस्ता थिए, महाअभियोग प्रक्रिया सुरु गर्ने बित्तिकै बिरालो भइहाले’, ओलीको भनाई उद्धृत गर्दे बैठकमा सहभागी एक सदस्यले भने, ‘सत्तामा रहँदा शेर भएकाहरू सत्ताबाट बाहिर जानेबित्तिकै बिराला हुन्छन्, उनीहरूले कसैलाई केही गर्न सक्दैनन ।
तत्कालीन व्यवस्थापिका संसदमा महाअभियोग दर्ता गरेपछि निलम्बनमा अवस्थामा रहेका अख्तियार प्रमुख कार्कीलाई सर्वोच्च अदालतले सो पदका लागि अयोग्य ठहर गरेको थियो । अख्तियारका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको खुलासा गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर हटाउने तयारी भइरहेको छ।
आयुक्त पाठकले ७८ लाख घुस लिएको स्वीकार गरेको भिडियो नै ल्यापटपमा बोकेर हामी प्रधानमन्त्री ओलीलाई भेट्न गएका थियौं, भेटघाट सकिएपछि त्यो भिडियो संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बुझाएका छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरिरहेका बेला अख्तियारका आयुक्त नै घुस काण्डमा संलग्न भएको खुलासा भएको हो। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले पटक पटक गरि ७८ लाख रुपैयाँ घुस बुझेको उनले स्वीकार गरेको भिडियो रेकर्डसमेत रहेको छ। जुन भिडियो हेरेको अख्तियारकै आयुक्तहरु, सरकारका सचिवकोमा पठाइसकिएको छ ।
आयुक्त पाठकको घुसकाण्डको खुलासा भएपछि प्रधानमन्त्री ओलीले स्टिङ गरि सो भिडियो तयार गर्ने व्यक्तिलाई नेकपाका केही नेताको रोहबरमा बिहिबार बिहानै बालुवाटारमा भेटेका थिए। बिहानको भेटमा उनले साँझ दुई घण्टा समय दिएर यो प्रकरणबारे विस्तृतमा बुझ्ने बताएका थिए।
त्यही तयारी अनुसार राती ९ बजे अख्तियारका आयुक्त पाठकविरुद्ध स्टिङ गर्ने व्यक्तिहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रधानमन्त्री ओलीसँग भेटेर उनीहरूले सुरक्षा माग गरेका छन्। भेटमा प्रधानमन्त्री ओलीले नेम्वाङलाई पाठकविरुद्ध संसदमा महाअभियोगका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको बताएका थिए।
‘सुरक्षा राज्यको दायित्व हो, कुनै चिन्ता लिनुपर्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘महाअभियोगले शेरहरूलाई बिरालो बनाउँछ, कुर्सी गुमाएका आयुक्तले केही गर्न सक्दैनन्।’
नेम्वाङले पाठकलाई महाअभियोग लगाउनका लागि संसादहरुले हस्ताक्षर संकलन गरिरहेको जानकारी प्रधानमन्त्री ओलीलाई गराएका थिए। ‘शुक्रबारबाट महाअभियोगको प्रक्रिया सुरु हुन्छ,’ बालुवाटारबाट बाहिरिएपछि नेम्वाङले भिने। प्रधानमन्त्रीसँगको भेटमा नेकपाका केन्द्रीय सदस्य रवीन कोइराला सहित स्टिङ अपरेसन गर्ने समूहका तीन जना उपस्थित थिए।
‘आयुक्त पाठकले ७८ लाख घुस लिएको स्वीकार गरेको भिडियो नै ल्यापटपमा बोकेर हामी प्रधानमन्त्री ओलीलाई भेट्न गएका थियौं’, स्टिङ गरि भिडियो तयार गर्ने एक जनाले बालुवाटारबाट बाहिरिएपछि भने,
बिहिबार बिहान भएको करिब १५ मिनेटको भेटमा पनि प्रधानमन्त्री ओलीले पाठकविरुद्ध महाअभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिएका थिए। त्यसैअनुसार दिउँसो नेकपाका सांसदहरुले हस्ताक्षर सुरु गरिसकेका छन्। संसदमा ६९ जना सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भए संवैधानिक निकायका सदस्य निलम्बन हुने कानूनी व्यवस्था छ। महाअभियोग पारित हुन चाहिँ हाल कायम रहेको सदस्य संख्याको दुई तिहाइ चाहिन्छ। सरकारमा रहेका नेकपा र संघीय समाजवादी फोमरको सांसद संख्या दुई तिहाइभन्दा बढी रहेको छ।
Related News
सम्बन्धित समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
hero news full width
मुख्य समाचार
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१