मनाङमा हिउँ खेल्नेको ओइरो

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
manag 1_Fotor

लमजुङ, २९ माघ। हिमालपारीको जिल्ला मनाङमा लगातार हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको ओइरो लागेको छ। छिमेकी जिल्ला कास्की, लमजुङ, तनहुँ, चितवन लगायत जिल्लाबाट समेत आन्तरिक पर्यटकहरू हिउँ खेल्न मनाङ पुग्ने गरेका छन्।

जिल्लामा १० वर्षपछि ठूलो हिमपात परेको स्थानीय अमृता गुरुङले बताइन्। उनी भन्छिन्, ‘१० वर्षमै मनाङमा ठूलो हिमपात भएको हो । हिउँ खेल्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको छ।’

मनाङको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले हिमपातसँगै मनाङको तिमाङ, दानक्यु र सदरमुकाम चामे लगायतका ठाउँमा हिउँ खेल्न आउने पर्यटकको सख्यामा वृद्धि भएको बताए। उनका अनुसार हिमपात भएपछि मनाङमा आन्तरिक र बाह्य पर्यटकको चाप बढेको छ।

हिमपातका कारण सर्वसाधारण र पशु चौपायाँलाई भने सास्ती भएको छ। वेशीसहरदेखि तल्लो मनाङको दानाक्युसम्म सवारीसाधन सञ्चालनमा आए पनि मनाङ सदरमुकाम चामे र माथिल्लो मनाङमा भने सवारी सञ्चालनमा आउन नसकेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। उनका अनुसार सडकको हिउँ पन्छाउने काम भइरहेको छ। उनीमात्र होइन, लमजुङको भूलभूलेकी मनिता तामाङ पनि हिउँ खेल्नकै लागि सोमबार मनाङ पुगेको बताइन्। उनका अनुसार ८ जनाको समूह लमजुङबाट हिउँ खेल्न मनाङ आएका हुन्।

त्यसैगरी, यस वर्ष धेरै तल्लो भागसम्म हिउँ परेको जानकारी पाएपछि आफूहरूको पाँच जनाको टोली चितवनदेखि मनाङ आएको बाबुराम जोशीले बताए।

यसैगरी, लमजुङ सदरमुकाम वेशीसहरबाट अलैँची व्यावसायी महासंघ लमजुङको एक टोली मनाङ पुगेर फर्किएको छ।

सोे टोली चार घण्टाको सवारी यात्रा र दुई तीन घण्टाको पैदल यात्रापछि तिमाङ पुगेको अलैँंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताए। उनले भने ‘हिउँ खेल्नकै लागि मनाङ गएको हो। जीवनमै पहिलोपटक हिउँमा खेल्दा आनन्द अनुभूति भयो।’

हिमपातपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको आवगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टले जनाएको छ। अहिलेसम्म कुनै अप्रिय घटना भने नभएको सशस्त्र प्रहरी बल नेपाल– ३२ नम्बर गुल्मका गुल्मपति नीलकमल आचार्यले बताए। उनका अनुसार हिउँका कारण कर्मचारी र स्थानीयको जनजीवन कष्टकर भएपनि पर्यटकहरू हिउँमा रमाएका छन्।

हिमपातका कारण मनाङमा कष्टकर बनिरहेको यातयात सञ्चालन गरी खाद्यान्न तथा पानीको आपूर्ति सहज बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width