प्रेमको प्रतीक बन्यो रानीमहल

रासस
फागुन ३, २०७५
Rani Mahal2

पाल्पा, २ फागुन । प्रणय दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतीकका रूपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ।

प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी गहिरो प्रेमको सफलताका लागि त्यहाँ पुग्न रुचाउँछन्। प्रेमको प्रतीक रानीमहलमा बिहानदेखि भीडभाड लाग्दा चहलपहल बढेको हो।

नेपालको ताजमहलका रूपमा परिचित रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिइन्छ। तानसेनदेखि १३ किलोमिटर उत्तरमा रहेको रानीमहल पैदल तथा गाडीमा यात्रा गर्न सकिने हुदाँ चहलपहल बढेको हो। रानीमहलमा यतिबेला प्रेम जोडीको लावालस्कर छ। उनीहरू महलसहितको तस्वीर लिन व्यस्त देखिन्छन्।

राणाकालीन समयमा पश्चिमी कलाकौशलको प्रयोग गरी निर्माण गरिएको दरबार प्रेमको प्रतीकका रूपमा लिन थालेसँगै यस क्षेत्रको चलहपहल बढ्दै गएको हो। रानीमहल दरबारको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण रहेकाले अहिले यो लोभलाग्दो पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ।तत्कालीन पश्चिम कमाण्डका जनरल खड्गशम्शेर राणाले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा विस १९५० दरबारको शिलान्यास गरी चार वर्षको अवधिमा दरबारको काम सम्पन्न भएको थियो। तेजकुमारीको विसं १९४९ मा निधन भएपछि खड्गशम्शेरले कालीगण्डकी नदीको किनारामा रहेको विशाल चट्टानमाथि दरबार निर्माण गर्न सफल भएको देखिन्छ।स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा खुशी साटासाट गर्नका लागि युवायुवती हजारौँको सङ्ख्यामा आउने गरेको बताउँछन्। पहिलापहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहेको स्थानीयवासीको भनाइ छ।

रानीमहल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका वसन्त कुँवरका अनुसार बिहानैदेखि युवायुवती पैदल, गाडीमा यात्रा गरिरहेको बताए। रानीमहलमा पाल्पा, रुपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रका आन्तरिक पर्यटक बढी आउने गरेको कुँवरको भनाइ छ।

रानीमहल घुमफिरका लागि यहाँ प्रायः एक्लै आउँदैनन्, दुई देखि ५० सम्मको समूहमा आउँदा बिदाका दिनमा बढी चहलपहल हुने गर्दछ। रानीमहल दरबारक्षेत्र र कालीगण्डकी नदीले मानिसलाई आकर्षित गर्छ। दरबारको बायाँतर्फ शितलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल छ। बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन्। यो महल बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएकाले निकै बलियो र आकर्षक देखिन्छ। यस महलको पूर्वतिर खड्गशम्शेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्यतलामा खड्गशम्शेरका कोठाहरू रहेका छन्।

त्यस्तै वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ। दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’का रूपमा लिइने गरिन्छ। रानीमहललाई पछिल्ला वर्षमा प्रेमको प्रतीकको रूपमा प्रचारप्रसार हुन थालेपछि युवापुस्ताको आकर्षणको केन्द्रका रूपमा बदलिएको छ। उत्तर बाहिनी हुँदै कालीगण्डकी नदी यस क्षेत्र हुँदै बग्ने भएकाले धार्मिक महत्वसमेत रहको जानकार बताउँछन्।

– कृष्ण दर्नाल

Related News

सम्बन्धित समाचार

  • पोखरालाई विश्वसँग जोड्दै विमानस्थल   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    काठमाडौं ।  पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले…
  • सरकार बनाउन शीर्ष नेताबीच छलफल

    रासस मंसिर १३, २०७९
    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता…
  • विद्यालय जाँदा आउँदा दैनिक ६ घण्टा

    रासस मंसिर १२, २०७९
    बझाङ । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…
  • संसदमा स्वतन्त्रको निरन्तरता

    रासस मंसिर ११, २०७९
    काठमाडौं । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै…

hero news full width